logo

पर्यटन बोर्ड सञ्चालक समितिमा सापकोटा, भण्डारी र लामा नियुक्त

    653   पटक पढिएको


१६ चैत/अर्थ र व्यापार – नेपाल पर्यटन बोर्डको रिक्त रहेको सञ्चालक समिति सदस्यमा तीन जना पर्यटन व्यवसायी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन बोर्डको रिक्त सदस्यमा पर्यटन व्यवसायीहरु रामप्रसाद (कमल) सापकोटा,ऋषिराम भण्डारी र राजेन्द्र लामालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
निजी क्षेत्रको तर्फबाट बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस भएका पाँच जना मध्येबाट छानेर मन्त्रिपरिसद्को बैठकले तीन जनालाई नयाँ बोर्ड सदस्य नियुक्त गरेको हो ।
निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पालामै बोर्ड रित्त तिनजना नयाँ सदस्य नियुक्त गर्नकालागि पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले पाँच जनाको नाम सिफारिस गरेर पठाएको थियो ।
बिहीबार सरकारबाट नियुक्त भएका तीनजना नयाँ सदस्यहरु मध्ये सापकोटा बोर्डको उपाध्यक्ष बन्ने सम्भावना देखिएको सम्बन्धीत व्यवसायीहरुले आँकलन गरेका छन् । नयाँ सदस्य नियुक्तिको प्रक्रिया टुंगिएपछि अब पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) नियुक्तिको प्रक्रिया पनि छिटै अघि बड्ने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पनि यसअघि देखि नै पर्यटन बोर्डको नयाँ सीईओ नियुक्ति प्रक्रिया छिटै अघि बढाइने बताउदै आएका छ्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।