logo

पर्यटन बोर्ड सञ्चालक समितिमा सापकोटा, भण्डारी र लामा नियुक्त

    981   पटक पढिएको


१६ चैत/अर्थ र व्यापार – नेपाल पर्यटन बोर्डको रिक्त रहेको सञ्चालक समिति सदस्यमा तीन जना पर्यटन व्यवसायी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन बोर्डको रिक्त सदस्यमा पर्यटन व्यवसायीहरु रामप्रसाद (कमल) सापकोटा,ऋषिराम भण्डारी र राजेन्द्र लामालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
निजी क्षेत्रको तर्फबाट बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस भएका पाँच जना मध्येबाट छानेर मन्त्रिपरिसद्को बैठकले तीन जनालाई नयाँ बोर्ड सदस्य नियुक्त गरेको हो ।
निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पालामै बोर्ड रित्त तिनजना नयाँ सदस्य नियुक्त गर्नकालागि पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले पाँच जनाको नाम सिफारिस गरेर पठाएको थियो ।
बिहीबार सरकारबाट नियुक्त भएका तीनजना नयाँ सदस्यहरु मध्ये सापकोटा बोर्डको उपाध्यक्ष बन्ने सम्भावना देखिएको सम्बन्धीत व्यवसायीहरुले आँकलन गरेका छन् । नयाँ सदस्य नियुक्तिको प्रक्रिया टुंगिएपछि अब पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) नियुक्तिको प्रक्रिया पनि छिटै अघि बड्ने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पनि यसअघि देखि नै पर्यटन बोर्डको नयाँ सीईओ नियुक्ति प्रक्रिया छिटै अघि बढाइने बताउदै आएका छ्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।