logo

बसन्त ऋतुका लागि आरोहण अनुमति दिन थालियो, पहिलोदिनमै ४६ जनालाई परमिट

    602   पटक पढिएको


१३ चैत/अर्थ र व्यापार – वसन्त ऋतुमा हुने हिमाल आरोहणका लागि परमिट जारी गर्न थालिएको छ । पर्यटन विभागका अनुसार सोमबार पहिलो अनुमति जारी भएको छ । यस दिन सगरमाथाका लागि ८ जनाको एक आरोहण दलले अनुमति लिएको छ ।
सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ हिमाल आरोहणका लागि परमिट जारी भएका छन् । यस दिन कुल ४६ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।
अहिले हिमालमा जाने आरोहण दलका सदस्यहरुले आफ्नो तयारी गरिरहेका छन् । नेपालमा सामान्यतया जेठ महिनाको पहिलो साताबाट बढी आरोहण हुने गर्छ । सगरमाथा चढ्न वसन्त ऋतु मुख्य सिजन मानिन्छ । सोहीकारण सगरमाथा हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।
यो सिजनको आरोहण व्यवस्थित गर्न खुम्बु पासाङ ल्हामु गाउँपालिकाले समेत विभिन्न नियम बनाएको छ । जसमा हिमाल आरोहणमा जानेले दिसापिसाब फिर्ता ल्याउनुपर्नेसम्मका नियम बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।