logo

रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिँदै, वाटरपार्क निर्माणको काम अन्तिम चरणमा

पारिवारिक वातावरणमा रमाउनेहरुकालागि उपयुक्त गन्तव्य

    1291   पटक पढिएको

७ चैत/अर्थ र व्यापार– चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा अहिले ५ करोडको लगानी थपेर क्षमता विस्तार गरिएको छ । विदेशी पर्यटकलाई मात्र नभएर आन्तरिक एवं पारिवारिक वातावरणमा रमाउने स्वदेशी र विदेशी पर्यटकलाई सम्पूर्ण सेवा दिने उदेस्यले रिभरफन बिच रिसोर्टमा अहिले ५ करोडको लगानी थपेर धमाधम क्षमता विस्तारको काम भईरहेको हो ।
पछिल्लो समय रिभरफन क्याफे सञ्चालनमा ल्याएर जीपलाईन एवं रोप साइक्लिङ समेत सञ्चालनमा ल्याएको यस रिर्सोटले अहिले ५ करोड रुपैयाँ लगानी थपेर आकर्षक वाटरपार्क, कन्फ्रेन्स हल, विभिन्न प्रकारका कोठा विस्तार लगायत अन्य पूर्वाधार निर्माणको काम भईहरहेको सो रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए ।
उनले हाल यस रिसोर्टमा करिब ५ करोड रुपैयाँ लगानी थपेर क्षमता विस्तारको काम भईरहेको बताए । अहिले विदेशी मात्र नभएर आन्तरिक पर्यटकको समेत एकदमै आकर्षक गन्तव्यका रुपमा विकास भएको यस रिसोर्टमा एकैपटकमा जतिसक्दो धेरै जनालाई सेवा दिने उदेस्यले आफुहरुले धमाधम लगानी थपिरहेको बताए ।
रिसोर्टका निर्देशक राजन सिम्खडाले सुरुमा सन् २०१२ मा पूर्वाधार निर्माणको काम थालनी भएको यस रिसोर्टमा अहिलेसम्म करिब ३५ करोड रुपैयाँ लगानी भइसकेको बताए । उनले पनि हाल यस रिसोर्टमा जिपफलायर, रोपसाइक्लीङ सञ्चालनमा ल्याएपछि अब वाटरपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनले यो काम सकिएपछि आगामी दिनमा यस रिसोर्टमा २५० जनालाई एकैसाथ सेवा दिने गरि क्षमता विस्तार गरिएको जानकारी दिए ।
विगतका वर्षहरुको तुलनामा अहिले पाहुँनाको चाप निकै बढ्न थालेको जानकारी गराउँदै निर्देशक सम्खडाले भने, ‘अझै हाम्रो यस रिसोर्टमा पुग्ने झोलुङगे पुलसँगै अर्को मोटर हिँड्ने पुल निर्माणको काम सम्पन्न भएपछि पर्यटकको थप चाप बढ्ने अपेक्षा गरेका छौं।’
जीपलाईन सञ्चालन गर्नकालागि रिभरफन रिसोर्ट व्यवस्थापनले पृथ्वी राजमार्गको छेउमा रिभरफन क्याफे सञ्चालनमा ल्याएको जानकारी दिए । रिभरफन बिच रिसोर्ट काठमाडौंवाट ९९ किलोमिटर दुरीमा गोरखाको बुट्टार र चितवनको कुरिनघाटमा त्रिशुली नदी किनारमा अबस्थित छ । उनले यो रिसोर्ट राम्रो पर्यटकीय हब बनिसकेको बताए ।
रिभरफन बीच रिसोर्ट हुँदै गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि जीपलाइनमा अहिले आन्तरिक पर्यटक पनि निकै रमाउन थालेको उनले जानकारी दिए । गत वर्षदेखि जीपलाईन स्टेशनमा रिभरफन क्याफे सञ्चालनमा ल्याएपछि अहिले पृथ्वी राजमार्गमा यात्रा गर्नेहरु सबैले यो रिसोर्टमा आकर्षण बढाउन थालेको उनले बताए ।
विदेशी खानाको पारखीहरुदेखि नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने हाम्रो चाहना भएकाले अहिले यो रिसोर्ट आन्तरिक एवं वाह्या पर्यटकको रोजाईमा परेको प्रवन्ध निर्देशक अधिकारीले बताए ।
बुट्टार र कुरिनघाटमा त्रिशुली नदी किनारमा अबस्थित यस रिसोर्टमा जीपलाईनको सुरुवात विन्दुमा रहेको पंहेलो रंगको टावर भवनमा रेष्टुरेण्ट,कफी शपका साथै भ्यु प्वाईन्ट समेत बनाईएको छ । यस रिसोर्टमा विभिन्न उमेर समुह र रुचिका आन्तरिक र बाह्य पर्यटकलाई बेग्लै अनुभव दिने उद्देश्यले विभिन्न सेवाहरु थप्दै लगेको सिम्खडाले जानकारी दिए ।
उनले यो रिसोर्ट अहिले पारिवारिक वातावरणमा रमाउनेहरुकालागि पनि निकै लोकप्रिय भईरहेको दावी गरे । उनले अझै यो रिसोर्टले पर्यटकलाई समग्र पर्यटन प्याकेज उपलब्ध गराउने योजना बनाएर अघिबढेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।