चैत ४/अर्थ र व्यापार – पर्यटकीय सहर पोखरा आइतबारदेखि औपचारिक रूपमा पर्यटनको राजधानी बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।
उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको निरन्तर दबाब सिर्जना गर्दै आएको थियो । प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो ।
समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले २३ फागुनको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको हो ।
तपाईको प्रतिक्रिया