logo

आन्तरिक हवाई दुर्घटनामा पनि यात्रुले पाउने क्षतिपूर्ति एक लाख डलर पुर्याइँदै

    956   पटक पढिएको


३० फागुन/अर्थ र व्यपार – आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारले बिमाबापत प्राप्त गर्ने क्षतिपूर्ति रकम पाँच गुणाले बढ्ने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक’ तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएसँगै क्षतिपूर्ति रकम बढाउने तयारी गरिएको हो ।
पर्यटन मन्त्रालयका अनुसार विधेयकमा आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुलाई दिइने क्षतिपूर्ति एक लाख अमेरिकी डलर पु¥याउन प्रस्ताव गरिँदै छ । अहिले आन्तरिक दुर्घटनामा ज्यान गुमाउने यात्रुले २० हजार डलर क्षतिपूर्ति पाउँदै आएका छन। मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाएसँगै अब विधेयकलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पेस गरिने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
हवाई यात्रुहरूको हक–अधिकारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने सरकारको उद्देश्य रहेको बताउँदै लामिछानेले भने, ‘हामीले छिट्टै विधेयक मन्त्रिपरिषद्मा पेस गर्नेछौँ ।’ मन्त्रिपरिषद्बाट स्वीकृत र संसद्बाट पारित भएपछि विधेयकले कानुनको रूप धारण गर्नेछ । यो विधेयक बनाउन २०७७ चैतमा कार्यदल गठन गरिएको थियो ।
सहसचिव लामिछानेको नेतृत्वमा गठित नौ सदस्यीय कार्यदलले विधेयक तयार गरेर तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेलाई बुझाएको थियो । मस्यौदामा क्षतिपूर्ति रकम एक लाख डलर प्रस्ताव गरिएको छ ।

दुर्घटना भएको ३० दिनभित्र मृतकका परिवारले वायुसेवा कम्पनीमा क्षतिपूर्ति रकम दाबी गरिसक्नुपर्ने व्यवस्था गरिँदै छ । नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मट्रियल महासन्धि १९९९ लाई अनुमोदन गरेसँगै अन्तर्राष्ट्रिय वायुसेवा दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुका परिवारले एक लाख ६५ हजार डलर क्षतिपूर्तिबापत पाउँछन । मट्रियल महासन्धि बमोजिम विधेयकमा जहाज डिले हुँदा, ब्यागेज टुटफुट हुँदा, ब्यागेज हराएमा, यात्रा स्थगन हुँदा, कार्गो ओसारपसार गर्दा टुटफुट, ढिलाई र हराउँदा क्षतिपूर्ति पाउने विषय पनि समेटिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसमा यात्रुले कुन अवस्थामा क्षतिपूर्ति दाबी गर्न पाउने र कुन अवस्थामा नपाउने भन्ने पनि प्रावधान तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।