logo

महाशिवरात्रीमा कैलाश–मानसरोवरमा माउन्टेन फ्लाइट, १५० भारतीय तीर्थयात्रीले गरे दर्शन

    1048   पटक पढिएको


२५ फागुन/अर्थ र व्यापार – पथिल होलिडेजले महाशिवरात्रीको अवसरमा नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टू टेम्पल्ससँगको समन्वयमा १५० जना भारतीय तीर्थयात्रीलाई कैलाश पर्वत र मानसरोवरको दर्शन गराएको छ।
यस कम्पनीले १५० तीर्थयात्रीलाई नेपालगंजबाट श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी चीनको तिब्बतस्थित कैलाश पर्वत र मानसरोवरको दर्शन गराएको हो।
माउन्टेन फ्लाइटबाट कैलाश–मानसरोवर दर्शन गर्न पाएकामा तीर्थयात्रीले खुशी प्रकट गरेका छन्। शिव पार्वतीको घर देख्ने बाल्यकालदेखिको सपना पूरा भएको कर्नाटकाकी ३३ वर्षिया अरुणा यनले बताइन्। ‘विमानबाटै यतिराम्रोसँग दर्शन गर्न पाउँदा अत्यन्तै खुशी छौं,’ नयाँ दिल्लीका ६७ बर्षिय गोपाल सेठले भने।
कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै तीर्थयात्रीले रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको पनि दृश्यावलोकन गरेको सो कम्पनीले जनाएको छ।
कोरोना विश्वमहामारि अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगंज हुँदै मानसरोवर पुग्ने गरेका थिए। तीर्थयात्रीहरु नेपालगंजबाट विमानमा सिमकोट गएर त्यहाँ एकरात बसी हिल्सासम्म हेलिकोप्टरमा गई त्यहाँबाट बसमा २ दिनमा ताक्लाकोट हुँदै मानसरोवर पुग्थे। तर, कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिसा नदिएपछि यो रुट सुनसान बनेको छ।
भिसाका कारण रोकिएका भारतीय पर्यटकलाई माउन्टेन फ्लाइटबाट मानसरोवर दर्शन गराएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले बताए । नेपालगंजको सुस्ताएको पर्यटन गतिविधिमा माउन्टेन फ्लाइटले सहयोग पुग्ने उनको भनाइ छ। माउन्टेन फ्लाइटका लागि १५० भारतीय पर्यटक बिहीबार नेपालगंज आएर होटल सिद्धार्थमा बसेका थिए।
कैलाश–मानसरोवर दर्शनका लागि हरेक साता माउन्टेन फ्लाइट गर्ने पथिल होलिडेज र ट्रिप टू टेम्पल्सको योजना हरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।