logo

ल्याण्डमार्क होटल एण्ड रिसोर्टले भैरहवामा सञ्चालनमा ल्यायो ल्याण्डमार्क होटल

    568   पटक पढिएको


२० फागुन/अर्थ र व्यापार – भैरहवामा ५० करोड लगानीको चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा आएको छ । भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका–३ मा १० कठ्ठा क्षेत्रफलमा पाँच वर्ष लगाएर तयार गरेको होटेललाई सम्राट ग्रुपले व्यवस्थापन गरी शनिबार औपचारिक उद्घाटन गरि सञ्चालनमा ल्याएको हो ।
२०४८ सालमा पोखराबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सम्राट ग्रुपले काठमाडौं र चितवनमा पनि तारे होटल सञ्चालन गरिरहेको छ । हस्पिटालिटी क्षेत्रमा ३० वर्षको अनुभवसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भारत र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरेर भैरहवाको होटल व्यवस्थापनको जिम्मा लिएको प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले बताए ।
भैरहवाको होटलमा डिलक्स, सुपर डिलक्स, फेमली र जुनियर स्वीट गरी ५० कोठासहित सेवा सुरु गरेको होटलमा कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, सय जना क्षमताको रुफटप बार पनि रहेको उनले बताए ।
होटेलको मुख्य विशेषता अधिकांश कोठा र शौचालयमा सूर्यको किरण आउने गरी भवन डिजाइन गरिएको छ । निकट भविष्यमै एक बिघा क्षेत्रफलमा १० हजार स्क्वायर फुटमा ६०० र २०० जना क्षमताका पार्टी र सेमिनार हल तथा ३० वटा कोठा बनाउने तयारी भएको उनले बताए ।
भारतीय नागरिकलाई विवाह र भोज समारोह आयोजना गर्न आकर्षित गर्ने गरी हलको डिजाइन गरिने पाण्डेले बताए । ‘हलमा विवाह गर्दा भारतीय ग्राहकले करोड बढी खर्च गरेर चाहे जस्तो सजावट गर्न सक्ने गरी हङकङका इन्जिनियरबाट इन्टेरियर डिजाइन हुनेछ,’ पाण्डेले भने ।
सो हल नेपालीलाई भारतीयभन्दा ५० प्रतिशत सस्तोमा उपलब्ध गराई आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने योजना रहेको उनले बताए । भारत सरकारले हालै मात्र एकजना भारतीयले ५ हजार डलर साथमा लिएर घुम्न पाउने कानून पारित गरेकाले होटेललाई वेडिङ डेस्टिनेसन बनाउन सहज भएको पाण्डेले बताए ।
यसअघि २५ हजार भारु मात्र बोक्न पाउने प्रावधानले नेपालको होटेल र पर्यटन क्षेत्रमा अपेक्षाकृत ब्यापार हुन सकेको थिएन । होटेलमा सय जनाले प्रत्यक्ष रोजगारी पाएका सञ्चालक आशा गुरुङले बताए ।
ल्याण्डमार्क होटल र रिसोर्टले लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र भैरहवामा सञ्चालनमा ल्याएको यस होटलको उद्घाटन लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले गरेका हुन । शनिबार उद्घाटन गरिएको यस होटलले डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठासहितको सेवा सुरू गरेको छ । ल्याण्डमार्क फरेस्ट पार्क रिसोर्ट सञ्चालनको एक दशक पुकेको अवसरमा यो होटलको औपचारिक उद्घाटन गरिएको हो ।
होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएको छ । होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ । केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, रूफटप बार पनि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।