८ माघ/अर्थ र व्यापार – टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) को आगामी ११ माघमा हुने ३० औं वार्षिक साधारणसभासँगै चयन गरिने नयाँ कार्यसमितिको कोषाध्यक्षमा डा.बिमला दाहालले उम्मेदवारी उम्मेदवारी दिएकी छिन ।
काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा हुने टुर्गानको निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिएकी दाहाल चाइनीज भाषा विद हुन । टुर्गानको इतिहासमै कोषाध्यक्षमा महिलाको पहिलो उम्मेदवारी दिएकी दाहाल अर्थशास्त्री पनि हुन ।
उनी नेपाल सरकारको पाठ्यक्रम अन्र्तगत कक्षा ९, १०, ११ र १२ को ऐक्षिक चाइनीज विषयको पाठ्यक्रम तयार गर्ने काममा संलग्न थिइन । टुरिष्ट गाइड मतदाताहरुबीच लोकप्रीय दाहालसँग प्रभु लाइक इन्स्योरेन्सको संचालकको रूपमा बसेर काम गरिसकेको अनुभव छ ।
आफुसंग भएको यस्ता विभिन्न क्षमतालाई अघि सारेर चुनावी मैदानमा उत्रिएकी दाहालले आफु निर्वाचित भएपछि टुर्गानको गरिमालाई थप उचाइमा पुर्याउने अठोट गरेकी छिन ।
तपाईको प्रतिक्रिया