logo

कैलाश हेलिकोप्टरले साढे ३ लाख कित्ता आईपीओ जारी गर्ने ,तीनवर्षमा पाँचवटा हेलिकोप्टर उडाउने लक्ष्य

    993   पटक पढिएको


४ माघ/अर्थ र व्यापार– निजी वायुसेवा कम्पनी कैलाश हेलिकोप्टर सर्भिसेस् लिमिटेडले ३ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रिमियम मूल्यमा जारी गर्ने भएको छ ।
हेलिकोप्टर सर्भिसेस् लिमिटेडले जारी पुँजी ३५ करोड रुपैयाँको १० प्रतिशत रकमको आईपीओ जारी गर्ने भएको छ । जसका लागि एकसय रुपैयाँ अंकित दरको ३ लाख ५० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नको मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कैलाश हेलिकोप्टरकोतर्फबाट प्रवन्ध सञ्चालक प्रतापजंग पाण्डे तथा मुक्तिनाथ क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
३ करोड ५० लाख शेयर पूँजी बराबरको १०० रुपैयाँ अंकित दरले साढे ३ लाख कित्ता आइपीओ प्रचलित कानूनको अधिनमा रहेर सर्वसाधारणलाई प्रिमियम मुल्यमा जारी गर्ने तयारीमा बुधबार यो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सन् २०१८ को २३ मार्चबाट सेवा सञ्चालनमा आएको यस कम्पनीले एयरबस कम्पनीले निर्माण गरेको एएस–३५० सिरिजका ३ वटा हेलिकोप्टर उडान भर्दै आएको छ ।
व्यवसायीक उडान सञ्चालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोरोना विश्व माहामारीको समय आर्थिक वर्ष २०७६÷०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको सो कम्पनीले जनाएको छ ।

यस कम्पनीले आव २०७९/०८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र १० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ । सो बोनश शेयर पछि कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको बोनश वितरण पछि किताबी मुल्य १४६ रुपैयाँ २९ पैसा कायम भएको उल्लेख छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकोप्टर कम्पनीहरुले ५ वर्ष भित्र ५ वटा हेलिकोप्टर पु¥याउनुपर्ने व्यवस्था गरेको छ । प्राधिरकणको सोही व्यवस्थालाई अबलम्बन गरि कैलाशले पुँजी बृद्धिकालागि आइपीओ जारी गर्न लागेको जनाएको छ ।
कैलाशले हवाई उड्डययन सुरक्षा नीतिको पूर्ण पालना गरी सन् २०२५ मा एउटा र सन् २०२७ मा एउटा गरी थप २ वटा हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल ५ वटा हेलिकोप्टर सञ्चालनमा ल्याउने आफ्नो योजना समेत सार्वजनिक गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।