logo

इयूको एयर सेफ्टी अडिट टोली प्राधिकरणमा‚ २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’

    1091   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार – युरोपियन युनियन(इयू) को प्राविधिक टोलीको अडिट सुरु भएसँगै अहिले मुलुकमा दर्ता भएका २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’मा छन् । टोली नेपाल नागरिक उड्डयन प्राधिकरणसँगै तीनवटा वायुसेवाको विशेष अडिट गर्न आएको हो।
यो टोलीले बाँकी कुनै पनि वायुसेवा कम्पनीको अडिट जुनसुकै बेला गर्न सक्ने तालिका रहेको प्राधिकरणका एक कर्मचारीले बताए । नेपाली वायुसेवालाई इयूले ‘हवाई सुरक्षा सूची’मा राखेको छ । जसले गर्दा नेपाली वायुसेवाले युरोपियन यूनियनका सदस्य मुलुकमा नियिमत व्यवसायिक उडान भर्न पाएका छैनन्।

सो सूचीबाट हटाउन नेपालले आग्रह गर्दै आएको छ । त्यसैको जाँचसँगै नेपाली वायुसेवा कति सुरक्षित र नियमन प्रणाली हेर्न टोली आएको हो । ‘इयूबाट आएको प्राविधिक टोलीले सोमबारबाट अडिट सुरु गरिसकेका छन्। प्राधिकरणको अडिट भइरहेको छ । अबको तीन दिनमा जुनसुकै बेला वायुसेवा कम्पनीहरुको अडिट हुने बताउँदै उनले भने,’यतिखेर तयारी रहेका सबै वायुसेवा कम्पनी अलर्ट पो जिसनमा छन्।’

अडिटका लागि इयूको चार सदस्यीय टोली आइतबार नेपाल आइपुगेको हो । टोलीले प्राधिकरणका कामको प्राविधिकसँगै तीनवटा कम्पनीको अडिट गर्नेछ । टोलीले नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र श्री एयरलाइन्सको विशेष अडिट गर्ने पूर्व निर्धारित तालिका छ ।
उनीहरुले नेपालको हवाई सुरक्षाबारे २९ भदौसम्म अडिट गर्नेछन्। प्राधिकरणले अडिटका लागि हवाई सेवा प्रदायक ९ वटा र १२ वटा हेलिकोप्टर कम्पनीलाई तयारी अवस्थामा राखेको छ । टोलीले अडिट प्रतिवेदन ईयू मुख्यालयमा पेस गरेपछि नेपाल सुरक्षा सूचीबाट बाहिर आउने÷नआउने नोभेम्बरमा निश्चित हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।