logo

विमान चार्टर्ड गरेर एकैपटक दुईसय बंगलादेशी पर्यटक नेपालमा,नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने: पाण्डे

    668   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार– बंगलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् । नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ ।
सम्राट टुर एण्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत सि.एन.पाण्डेले शुक्रबार र शनिबार जहाज चार्टर्ड गरी ७०० बंगलादेशी पर्यटक नेपाल आउन लागेको वताए । शुक्रबार पहिलो समूह नेपाल आएको हो ।
सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सि.एन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको सो टोली हालसम्मकै ठूलो हो । राजधानी ढाकामा रहेको माउन्टेन क्लब मार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् ।

‘यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने र यसले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने छ’ पाण्डेले भने । पाण्डेका अनुसार नेपाल भ्रमणमा आएका बंगलादेशी पर्यटक चन्द्रागिरी तथा धुलिखेल समेत जानेछन । नेपाल भ्रमणपछि उनीहरु आगामी २१ र २२ तारिखमा बंगलादेश फर्कनेछन् ।

एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो । विमान चार्टर्ड गरेर नेपाल आएका बंगलादेशी पर्यटकलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजा सहित भव्य स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।