logo

हवाई टिकटमा लगाईएको भ्याट खारेजीको माग गर्दै व्यवसायी सर्वोच्च अदालतमा

    752   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार – हवाई टिकटमा चालु आर्थिक वर्ष २०८०/८१ बाट लागू भएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै सम्बन्धीत पर्यटन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बिहीबार सर्वोच्च अदालतमा पुगेर यो व्यवस्था खारेजीको माग गर्दै रिट दायर गरेको हो ।
हवाई सेवामा यसरी भ्याट लगाउँदा नेपालको पर्यटनसँग सम्बन्धित सेवा महँगो हुने व्यवसायीको धारणा छ ।
यसैगरि, उनीहरुले अर्कोतर्फ आएटा र आईकाओको प्रावधान अनुसार पनि अन्तर्राष्ट्रिय हवाई सेवा शून्य भ्याटमा आधारित हुनुपर्ने भएकाले यसलाई सच्याउन माग गरिएको बताएका छन ।
नाट्टाका अध्यक्ष रमेश थापाले यस्तो जानकारी गराएका हुन । उनले यसअघि आफुहरुले धेरैपटक सम्बन्धीत निकाय तथा सरकारसँग यो निणर्य फिर्ता गर्न आग्रह गर्दा अहिले आफुहरु अदालत जान बाध्य भएको बताए । उनले अझै यो समस्या समाधान गर्न विभिन्न निकायसँग छलफल र सहकार्य गर्न तयार रहेको समेत बताए ।

उनले नाट्टाले अध्यक्ष परिषद, नाट्टा सल्लाहकारहरु, कानुन व्यवसायी तथा कर परामर्शदाताहरुको सल्लाह सुझाव र नाट्टा बोर्डको निणर्यबाट कानुनी उपचारकालागि सर्वोच्च अदालत गएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।