logo

कैलाश मानसरोवर यात्रामा देखिएका समस्या समाधान गर्न पर्यटन व्यवसायीको माग

नाट्टा, टान र एक्टोनद्वारा चीनियाँ राजदुतलाई माग पेश

    1150   पटक पढिएको

२६ बैशाख / अर्थ र व्यापार- कैलाश मानसरोवरको यात्रा सञ्चालनमा देखिएका विभिन्न समस्याहरु समाधानका लागी पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाले नेपालका लागी चिनियाँ राजदुत चेन सोङ को ध्यानाकर्षण गराएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी वाँस्तोला, नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा र एशोशियसन अफ कैलाश टु्र्स अपरेटर्स (एक्टोन ) का कार्यबाहक अध्यक्ष लिला बल्दव दाहालले संयुक्त रुपमा हस्ताक्षर गरि चिनियाँ राजदुतको ध्यानाकर्षण गराएका हुन । उनीहरुको ध्यानाकषर्णमा नेपाली व्यवसायीले भोगेका समस्यालाई समाधानको पहल गरिदिन अनुरोध गरिएको छ ।

विगत ३ वर्षदेखि बन्द रहेको नेपाल र चीनबीचको पर्यटकीय गतिविधि सुचारु हुँदै गएको र हालै मात्र ठूलो संख्यामा चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा पर्यटन क्षेत्र अत्यन्त हर्षित भएको र पर्यटकीय गतिविधि सुचारु हुँदै गर्दा मुख्य रूपमा तिब्बतको ल्हासा टुर र कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने नेपाली पर्यटन व्यवसायीले भोगिरहेका समस्या समाधानमा चिनियाँ राजदुतको सकारात्मक पहल हुने अपेक्षा व्यवसायीका संस्थाहरुको छ ।

तीन संस्थाहरुले बुझाएको ध्यानाकर्षण पत्रमा बिगतका वर्षहरूमा कैलाश यात्रा तथा तिब्बत जाने पर्यटकका लागि ग्रुपमा परमिट आउने र त्यही परमिट र ओरिजिनल पासपोर्टसहित सहजरूपमा चिनियाँ भिसा सर्भिस सेन्टरवाट भिसा प्राप्त हुने गरेकामा अहिले भिसा लिन स्वयं उपस्थित हुनुपर्ने र वायोमेट्रिक गर्नुपर्ने नियम लागू भएकाले यसले कैलाश यात्रा तथा तिब्बत जाने यात्रीहरूले अत्यन्त झन्झट बेहोरेको उल्लेख छ ।
कैलाश यात्रा तथा तिब्बत जाने पर्यटक ठूलो समूहमा हुने र वायोमेट्रिक गर्न स्वयं उपस्थित हुनुपर्ने नियमले पर्यटक तथा नेपाली पर्यटन व्यवसायी मर्कामा परेको जानकारी गराउँदै यसलाई परिमार्जन गरी पहिलेकै अनुसार भिसा जारी हुने व्यवस्था मिलाईदिन र वायोमेट्रिक चीनको सिमानामा रहेको अध्यागमन कार्यालयमा गर्ने व्यवस्था गरी दिन व्यवसायीहरुले माग गरेका छन ।

त्यस्तै तिब्बत तथा कैलाश यात्रा जाने भारतीय तथा विभिन्न मुलुकका पर्यटकसँग सहयोगी भएर तिब्बत तथा कैलाश जाने नेपालीहरूको भिसा शुल्क अत्यन्त चर्को भएकोले त्यसलाई सम्बोधन गर्न पनि माग गरिएको छ ।

विगत ३ वर्षदेखि बन्द रहेको कैलाश यात्रा तथा तिब्बत टुर सञ्चालन हुने खबरले नेपाली पर्यटन व्यवसायी हर्षित भएको तर भारतीय तीर्थयात्रीहरूको परमिट जारी गर्ने जिम्मेवारी पाएको निकाय तिवेत अटोनोमस रिजन अन्तर्गतको फरेन एक्सचेन्ज सेन्टरले भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवर यात्रा सञ्चालन गर्नेे नेपाली पर्यटन व्यवसायीले ६० हजार अमेरिकन डलर (करिब ८० लाख नेपाली रुपैंया) अनिवार्य डिपोजिट राख्नुपर्ने बाध्यात्मक व्यवस्थाले नेपाली पर्यटन व्यवसायी अत्यन्त मर्कामा परेको उल्लेख छ ।

त्यसैगरी नेपालको बाटो हुँदै चीनको कैलाश यात्रामा जाने भारतीय पर्यटकहरूको भिसा हाल चिनियाँ दूतावास दिल्लीबाट जारी हुँदै आएकामा यो अत्यन्त झन्झटिलो हुने, भारतको विभिन्न सहरबाट दिल्लीसम्म पासपोर्ट लिएर जानु त्यति सहज नभएकाले यसलाई परिमार्जन गरी चिनियाँ दूतावास काठमाडौंबाट जारी हुने व्यवस्था मिलाइदिन उनीहरुले अनुरोध गरेका छन ।

हालै मात्र जारी भएको भिसासम्बन्धी नयाँ नियमका अनुसार तिब्बत तथा कैलाश यात्रा जाने पर्यटकहरूको परमिट अप्लाई गर्दा कम्तीमा ५ जनाको समूह हुनुपर्ने र भिसा लिने समयमा पनि कम्तीमा ४ जना हुनुपर्ने नियम अत्यन्त अव्यावहारिक भएकाले यसलाई परिमार्जन गर्न अनुरोध गरिएको छ । त्यसैगरी कैलाश मानसरोवर यात्रामा जाने भारतीय पर्यटकले अन्यको तुलनामा चर्को मूल्य तिर्नु परिरहेकोले मूल्यमा एकरूपता कायम गर्न पनि माग गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।