logo

कैलाश मानसरोवर यात्रामा देखिएका समस्या समाधान गर्न पर्यटन व्यवसायीको माग

नाट्टा, टान र एक्टोनद्वारा चीनियाँ राजदुतलाई माग पेश

    761   पटक पढिएको

२६ बैशाख / अर्थ र व्यापार- कैलाश मानसरोवरको यात्रा सञ्चालनमा देखिएका विभिन्न समस्याहरु समाधानका लागी पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाले नेपालका लागी चिनियाँ राजदुत चेन सोङ को ध्यानाकर्षण गराएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी वाँस्तोला, नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा र एशोशियसन अफ कैलाश टु्र्स अपरेटर्स (एक्टोन ) का कार्यबाहक अध्यक्ष लिला बल्दव दाहालले संयुक्त रुपमा हस्ताक्षर गरि चिनियाँ राजदुतको ध्यानाकर्षण गराएका हुन । उनीहरुको ध्यानाकषर्णमा नेपाली व्यवसायीले भोगेका समस्यालाई समाधानको पहल गरिदिन अनुरोध गरिएको छ ।

विगत ३ वर्षदेखि बन्द रहेको नेपाल र चीनबीचको पर्यटकीय गतिविधि सुचारु हुँदै गएको र हालै मात्र ठूलो संख्यामा चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा पर्यटन क्षेत्र अत्यन्त हर्षित भएको र पर्यटकीय गतिविधि सुचारु हुँदै गर्दा मुख्य रूपमा तिब्बतको ल्हासा टुर र कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने नेपाली पर्यटन व्यवसायीले भोगिरहेका समस्या समाधानमा चिनियाँ राजदुतको सकारात्मक पहल हुने अपेक्षा व्यवसायीका संस्थाहरुको छ ।

तीन संस्थाहरुले बुझाएको ध्यानाकर्षण पत्रमा बिगतका वर्षहरूमा कैलाश यात्रा तथा तिब्बत जाने पर्यटकका लागि ग्रुपमा परमिट आउने र त्यही परमिट र ओरिजिनल पासपोर्टसहित सहजरूपमा चिनियाँ भिसा सर्भिस सेन्टरवाट भिसा प्राप्त हुने गरेकामा अहिले भिसा लिन स्वयं उपस्थित हुनुपर्ने र वायोमेट्रिक गर्नुपर्ने नियम लागू भएकाले यसले कैलाश यात्रा तथा तिब्बत जाने यात्रीहरूले अत्यन्त झन्झट बेहोरेको उल्लेख छ ।
कैलाश यात्रा तथा तिब्बत जाने पर्यटक ठूलो समूहमा हुने र वायोमेट्रिक गर्न स्वयं उपस्थित हुनुपर्ने नियमले पर्यटक तथा नेपाली पर्यटन व्यवसायी मर्कामा परेको जानकारी गराउँदै यसलाई परिमार्जन गरी पहिलेकै अनुसार भिसा जारी हुने व्यवस्था मिलाईदिन र वायोमेट्रिक चीनको सिमानामा रहेको अध्यागमन कार्यालयमा गर्ने व्यवस्था गरी दिन व्यवसायीहरुले माग गरेका छन ।

त्यस्तै तिब्बत तथा कैलाश यात्रा जाने भारतीय तथा विभिन्न मुलुकका पर्यटकसँग सहयोगी भएर तिब्बत तथा कैलाश जाने नेपालीहरूको भिसा शुल्क अत्यन्त चर्को भएकोले त्यसलाई सम्बोधन गर्न पनि माग गरिएको छ ।

विगत ३ वर्षदेखि बन्द रहेको कैलाश यात्रा तथा तिब्बत टुर सञ्चालन हुने खबरले नेपाली पर्यटन व्यवसायी हर्षित भएको तर भारतीय तीर्थयात्रीहरूको परमिट जारी गर्ने जिम्मेवारी पाएको निकाय तिवेत अटोनोमस रिजन अन्तर्गतको फरेन एक्सचेन्ज सेन्टरले भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवर यात्रा सञ्चालन गर्नेे नेपाली पर्यटन व्यवसायीले ६० हजार अमेरिकन डलर (करिब ८० लाख नेपाली रुपैंया) अनिवार्य डिपोजिट राख्नुपर्ने बाध्यात्मक व्यवस्थाले नेपाली पर्यटन व्यवसायी अत्यन्त मर्कामा परेको उल्लेख छ ।

त्यसैगरी नेपालको बाटो हुँदै चीनको कैलाश यात्रामा जाने भारतीय पर्यटकहरूको भिसा हाल चिनियाँ दूतावास दिल्लीबाट जारी हुँदै आएकामा यो अत्यन्त झन्झटिलो हुने, भारतको विभिन्न सहरबाट दिल्लीसम्म पासपोर्ट लिएर जानु त्यति सहज नभएकाले यसलाई परिमार्जन गरी चिनियाँ दूतावास काठमाडौंबाट जारी हुने व्यवस्था मिलाइदिन उनीहरुले अनुरोध गरेका छन ।

हालै मात्र जारी भएको भिसासम्बन्धी नयाँ नियमका अनुसार तिब्बत तथा कैलाश यात्रा जाने पर्यटकहरूको परमिट अप्लाई गर्दा कम्तीमा ५ जनाको समूह हुनुपर्ने र भिसा लिने समयमा पनि कम्तीमा ४ जना हुनुपर्ने नियम अत्यन्त अव्यावहारिक भएकाले यसलाई परिमार्जन गर्न अनुरोध गरिएको छ । त्यसैगरी कैलाश मानसरोवर यात्रामा जाने भारतीय पर्यटकले अन्यको तुलनामा चर्को मूल्य तिर्नु परिरहेकोले मूल्यमा एकरूपता कायम गर्न पनि माग गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।