logo

सचिवालयमा ताला लगाईएकोप्रति नाट्टाद्धारा आश्चर्य व्यक्त, समस्या समाधानमा सहजिकरण गरिदिन आग्रह

    885   पटक पढिएको


२६ फागुन/अर्थ र व्यापार – नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्ट)ले विगत केही समयदेखि संयुक्त पर्यटन ट्रेड यूनियन फोरमले नाट्टासँग केही माग राखि वार्ता गरिरहेको बेला शुक्रबार नाट्टा सचिवालयमा एक्कासी ताला लगाईएकोप्रति आश्चर्यमा परेको जनाएको छ ।

नाट्टाले आफुसँग सम्बन्धीत मागहरु पुरा गर्न प्रयास गरिरहेको बेला यसरी फोरमले नाट्टासँग भईरहेको वार्ता एवं छलफल नै छोडेर ताला लगाएका कारण अहिले नाट्टाको प्रशासनिक कार्यमा अवरोध सिर्जना भएको भन्दै आन्दोलनरत पक्षलाई अहिलेसम्म पर्यटन क्षेत्रले भोग्दै आएका विविध समस्या एवं कठिनाईको गम्भिर्यता बुझि बिनाशर्त ताला खोल्न र पर्यटन प्रवद्र्धनमा हालसम्म नाट्टाले गर्दै आएको प्रयासमा सहयोगी भूमिका खेलिदिन आव्हान गरेको छ ।
यस्ता गतिविधीले कसैलाई पनि हित नहुने भन्दै नाट्टाले यस समस्या समाधानमा सहजिकरण गरिदिन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग आग्रह गर्दै सबै पर्यटन व्यवसायीहरु र पर्यटन सम्बद्ध संघ/ संस्थाहरु एकजुटभई सामुहिक रुपमा समस्या समाधानको पहल गरिदिन आग्रह गरेको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाको हस्ताक्षरमा शुक्रबार जारि प्रेस विज्ञप्ति मार्फत नाट्टाले यस्तो आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।