logo

श्री एयरलाइन्सका सबै उडान बन्द, प्राधिकरणले थाल्यो छानबिन

    587   पटक पढिएको


२६ फागुन/अर्थ र व्यापार – नेपाल नागरिक उड्यन प्राधिकरणले आज शुक्रबारबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो ।
काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको श्री एयरलाइन्सको विमानाई
तत्काल फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मीक अवतरण गराईएको थियो ।

यो घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि सबै जहाज ग्राउन्डेड गराएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसबारे कम्पनीलाई पत्र काटेर जानकारी गराएको छ । शुक्रबार श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।
बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराएर ठुलो दुर्घटनाबाट बचाईएको थियो ।
कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ । तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।