logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब यात्रुले हवाई टिकटको प्रिन्ट कागज नै देखाउनुपर्ने

    1748   पटक पढिएको

४ फागुन/अर्थ र व्यापार– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्दा अब अनिवार्य हवाई टिकटको प्रिन्ट कागज नै देखाउनुपर्ने भएको छ । यसअघि आफ्नो साथमा भएका मोबाईलमा हवाई टिकट वा पीएनआर नम्बर देखाएर सजिलै प्रवेश गर्न पाईनेमा अब हवाई यात्रुले आफुले खरिद गरेको हवाई टिकटको प्रिन्ट कागज नै अनिवार्य देखाउनुपर्ने भएको छ ।
यो नयाँ नियम पालना नगर्नेहरुकालागि विमानस्थल भित्र प्रवेश गर्न नदिईने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयले मंगलबार सूचना जारि गर्दै सम्बन्धीत वायुसेवा कम्पनीहरु तथा सरोकारवालाहरुलाई यस्तो नयाँ नियमको बारेमा जानकारि गराएको हो ।
विमानस्थल कार्यालयले सुरक्षाका कारण भन्दै विमानस्थल प्रहरीले गरेको आग्रह अनुसार अबदेखि डिजिटल हवाई टिकट मात्र देखाएर नहुने र टिकटको प्रिन्ट कागज नै अनिवार्य देखाउनुपर्ने नयाँ नियम लागु गर्न लागिएको बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको विमानस्थल संचालन विभागका निर्देशक टेकनाथ सिटौलाले विमानस्थल कार्यालय व्यवस्थापनले परिवर्तन गरेको यस्तो नयाँ नियम आगामी ७ फागुनदेखि लागू हुने जानकारि दिए । उनले विमानस्थल प्रवेशमा अनावस्यक मान्छे प्रवेश नगरुन भनेर थप सुरक्षा व्यवस्थाकालगि अब हवाई टिकटको पेपर प्रिन्ट नै देखाउनुपर्ने नियम लागु गर्न लागिएको बताए ।
सम्बन्धीत वायुसेवा कम्पनीहरु र नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको छलफलपछि यो निर्णय गरिएको विमानस्थल प्रहरीले जनाएको छ । विमानस्थलभित्र प्रवेश गर्ने हवाई यात्रुकालागि विमानस्थलका कर्मचारीहरुलाई हवाई टिकट हेर्न सजिलो होस् भनेर यस्तो नियम लागू गरिएको विमानस्थल प्रहरीले जनाएको छ । वायुसेवा कम्पनीहरुले विमानस्थलमा प्रिन्टेड टिकेट अनिवार्य गरिएकाले सोही अनुसार चेकइन गर्न सूचना जारी गरेका छन् ।
बढ्दो सूचना प्रविधिको विस्तारसँगै अहिले मोबाइल वालेट, एयरलाइन्सका एप वा अन्य साईटबाट अनलाइन बुकिङ गरेपछि टिकट प्राप्त भएको एसएमएस वा इमेल आउँछ । विमानस्थल सुरक्षा जाँचमा मोबाइलमा नम्बर वा हवाई टिकट देखाएर सहज रुपमा भित्र पस्न सजिलो थियो । यस्तो प्रिन्ट गरिएको हवाई टिकटको झमेला बिना विमानस्थल प्रवेश गर्दा निकै सहज र आनन्द मानिरहेका हवाई यात्रुकालागि यो नयाँ नियम चित्त बुझ्दो छैन । उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रवेश गर्दा अनिवार्य प्रिन्टेड टिकट नै देखाउनुपर्ने नयाँ व्यवस्था झमेलायुक्त लागेको छ ।
विमानस्थल सुरक्षाका कारण भन्दै विमानस्थल प्रहरीले हाल संचालित डिजिटल प्रविधीको हवाई टिकटको सुविधामा प्रतिवन्ध लगाउने निणर्य गरेको हो । विमानस्थल व्यवस्थापनको यो नयाँ नियम अनुसार डिजिटल टिकटबाट सहज प्रवेश पाइरहेका हवाई यात्रुले अब आफुसँग भएको हवाई टिकटलाई प्रिन्ट गराएर कागजै बोक्नु पर्ने झमेला थपिएको छ । विमानस्थलको सुरक्षा मजबुत गराउने उद्देश्यले हवाई यात्रुलाई प्रिन्टेड हवाई टिकट देखाउन अनिवार्य गरिएको विमानस्थल प्रहरीको भनाई छ । यस नयाँ नियम अनुसार अब जति हतार भए पनि विमानस्थल प्रवेश गर्ने हवाई यात्रुले अनिवार्य प्रिन्ट गराएको हवाई टिकट साथमा बोक्नु पर्नेछ ।
डिजिटल टिकटलाई मान्यता नदिने भन्दा पनि विमानस्थल भित्र पस्ने यात्रुको हवाई टिकट हेर्न सजिलो होस् भनेर यो नयाँ नियम लागू गरेको जानकारि गराउँदै विमानस्थल का प्रहरी एसएसपी भीम ढकालले भने, ‘सेक्युरिटी चेक हुने ठाउँमा यसो फोन देखाएर कुदिहाल्ने देखियो। फोन एकै आकारको हुँदैन। प्रष्ट नबुझिने हुँदा वायुसेवा कम्पनीहरु र प्राधिकरणसँगको छलफलपछि यो निर्णय गरिएको हो ।’
टिकट लिएका यात्रुले प्रिन्ट गर्न झन्झट मान्दा अहिले यस विमानस्थलको सुरक्षा कमजोर हुने दाबी गर्दै उनले विमानस्थलको हवाई सुरक्षा चेकजाँचलाई थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि अब प्रिन्ट भएको हवाइृ टिकट नै उचित रहेकाले यस्तो नयाँ नियम लागु गर्न लागिएको बताए ।
हाल केही मान्छे विमानस्थल प्रवेशको पास पनि नभएका र हवाई टिकट समेत नलिएर हातमा मोबाईल देखाएर भित्र छिरेको पाईएपछि यो नयाँ नियम लागू गर्न लागिएको बताउँदै ढकालले भने, ‘अनावश्यक मान्छेलाई विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पस्नु सुरक्षा दृष्टिकोणले राम्रो होइन ।’
उनले अब हवाई यात्रुले वायुसेवा कम्पनीले दिएको समयमैै विमानस्थल आइपुगेको अवस्थामा भने यो झन्झट नरहने बताए । विमानस्थल कार्यालयले मंगलबार जारि गरेको यस्तो नयाँ नियम लागु गराउने निर्णयप्रति भने आन्तरिक निजी वायुसेवा कम्पनीहरु बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका नियमित उडान भर्दै आएका वायुसेवा कम्पनीहरुले हवाई यात्रुलाई असुविधा हुने भन्दै आपत्ति जनाएका छन् ।
उनीहरुले प्रविधिमैत्री युगमा विमानस्थल प्रवेशमा पुनः प्रिन्टेड हवाई टिकट बोक्न अनिवार्य गराउँदा विमानस्थलको ट्रमिनलमा थप भीड बढ्ने र हवाई यात्रुलाई झन्झट हुने बताएका छन् ।
सम्बन्धीत वायुसेवा कम्पनीहरुले अधिकांश यात्रुले अनलाइनबाटै हवाई टिकट खरिद गरि आफ्नो स्मार्ट फोनमा लिएर आउने गरिरहेको अवस्थामा आधुनिक प्रविधिको युगलाई नै चुनौति दिने गरि पुनः पुरानो ढुंगे युगमा फर्किने यस्तो नियम लागू गर्नु उचित नभएको बताएका छन । निजी वायुसेवा कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ–नेपालका एक सदस्यले भने, ‘यो नियम प्रविधिको युगलाई ढुंगे युगमा फर्काउने नियत हो।’ हवाई सेवा प्रयोगकर्ता आफैंमा सुरक्षाप्रति संवेदनशील हुने भएकाले लाईन लागेर प्रवेश गरिरहेका हुन्छन्। यस्तो अवस्थामा प्रिन्ट भएको टिकट अनिवार्य गर्नु भन्दा अन्य सुरक्षा सहजीकरणका उपाय खोज्नुपर्ने तर्फ सरकारको ध्यान जानुपर्छ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।