logo

तारा एयरले २३ असोजबाट पोखरा–जोमसोम नियमित उडान भर्ने

    1264   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी २३ असोजदेखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।  विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस संक्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको पोखरा–जोमसोम नियमित उडान सेवा लाई सुचारु गर्न लागेको सो एयरलाइन्सले जनाएको छ । 
यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिदो चाडपर्व र मुक्तिनाथ दर्शनकालागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान सुचारु गर्न लागेको जानकारी दिए । राति पोखरामा विमान राखेर तारा एयरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेको बताउँदै बतौलाले भने , ‘कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँचदेखि सात उडान भर्दै आएको थियो ।’ 
पोखरा जोमसोम रुपमा बिहान भन्दा दिउँसो बढि हावा चल्ने भएकाले वायुसेवा कम्पनीले बिहान १२ बजेभित्र नै उडान भरिसक्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवामा तारा एयरले मात्र पोखरा, नेपालगञ्ज र काठमाडौँमा नियमित वायुयान राखेर दुर्गम क्षेत्रमा सेवा दिँदै आएको छ ।  तारा एयरसँग हाल दुर्गममा उडान भर्नका लागि चारवटा टुइनवटर विमान रहेका छन् । यसमार्फत लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका विमानस्थलमा नियमित तथा चार्टर उडान भर्दै आएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।