logo

अल्पकालीन लगानीकर्ता हावी हुँदा शेयर बजारमा नागबेली चाल, सूचकसँगै कारोबार रकम समेत सुध्रियो

    907   पटक पढिएको

२४ मंसिर / अर्थ र व्यापार - लगातार पाँच कारोबार दिनदेखि बढेको शेयर बजार मंगलबार समेत निरन्तरता पाएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २.४८ अंकले बढेर ११५१.३६ अंकमा उक्लिएको छ ।
अल्पकालीन लगानीकर्ता हावी हुँदा मंगलबार सामान्य अंकको वृद्धि देखिएको हो । लगानीकर्ताले छोटो समयको नाफा सुरक्षित गर्दा मंगलबार शेयर कारोबारमा नागबेली चाल देखिएको थियो । कारोबारको सुरुवाती आधा घण्टामा नौ अंक बढेको शेयर बजार त्यसपछि भने घट्दो लयमा देखिएको थियो । साढे १२ बजेपछि बिस्तारै बढेको बजार पुनः १ बजेपछि घट्दो लयमा देखिएको थियो । कारोबारको अन्तिम समयमा बजार सुधारिँदा सूचक दुई अंकले बढेको हो ।

लगानीकर्ताले लगातार नेप्सेमा वृद्धि हुँदा मंगलबार नाफा सुरक्षित गर्ने प्रयास गरेको एक ब्रोकर कम्पनीले जनाएको छ । उसका अनुसार कारोबारको बीचमा लगानीकर्ताले बिक्री चाप बढाएका थिए। कारोबारमा सुधार हुँदै जाँदा त्यसको असर कारोबार रकममा समेत देखिन थालेको छ । मंगलबार आधा अर्ब रूपैयाँको शेयर कारोबार भयो । सोमबारभन्दा कारोबार रकम चार करोड रूपैयाँले बढेको हो । मंगलबार ४६ करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबार १ सय ७० कम्पनीका शेयर कारोबार भए । जसमा ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ कम्पनीको शेयर मूल्य घटेको छ । १७ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । माछापुच्छ्रे बैंकको सबैभन्दा बढी शेयर कारोबार भयो । उसको मात्रै सात करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा एनएमबि बैक दोस्रो भएको छ । उसको ३ करोड ८५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भयो ।

कारोबारमा आएका कम्पनीहरूको उपसूचक मिश्रित देखिएको छ । १२ समूहको शेयर कारोबारमा आठ समूहको उप-सूचक बढेको छ । चार समूहको उप-सूचक घटेको हो । सबैभन्दा बढी ट्रेडिङ समूहको ४.९७ प्रतिशतले बढेको हो । अन्य समूह १.६८ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।