logo

तामाकोशीको सेयर कारोबारमा नेप्सेद्वारा गम्भिर लापरवाही

    1089   पटक पढिएको

३० पुस /अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तामाकोशीको सेयर कारोबारमा गम्भिर लापरवाही गरेको छ । कुनैपनि कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढ्ने र घटेपछि नेप्सेले सेयर कारोबार रद्द गर्ने नियम छ । तर,तामाकोशीको सेयर कारोबार खुल्ला भएको १५ मिनेटमा नै ५० प्रतिशतले बढ्यो । सो अनुसारको कारोबार समेत भयो ।

नेप्सेको वेवसाइटमा प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भएको छ अघिल्लो दिन प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार भएको थियो । १५ मिनेटमा नै ४७ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेको प्रणालीले तामाकोशीको सेयर कारोबारमा गम्भिर लापरवाही गरेको देखिन्छ । अघिल्लो दिन तामाकोशीको कारोबार हुँदा सेयर मूल्य स्थिर प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार भएको थियो । जबकी अरु कम्पनी सूचिकृत भएर कारोबार गर्ने समयमा सेयर मूल्यमा उतारचढाव हुने गरेको थियो ।

१५ मिनेट सेयर कारोबार हेर्दा धेरैजसो सेयर भने स्टक ब्रोक्रर एशोसियनका अध्यक्ष भरत रानाभाटको बोक्ररबाट भएको छ । रानाभाटको ३५ नम्बर ब्रोक्ररबाट सेयर ठूलो रकम खरिद भएको नेप्सेको मार्केट डेप्थमा देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।