logo

सञ्चयकर्ता शेयरधनीहरुलाई माथिल्लो तामाकोशीद्वारा साधारण शेयरको डिम्याट गर्न निर्देशन 

    1097   पटक पढिएको

२ माघ /अर्थ र व्यापार - माथिल्लो तामाकोशीले सञ्चयकर्ता शेयरधनीहरुलाई साधारण शेयरको अभौतिकरण (डिम्याट) गर्न निर्देशन दिएको छ । कम्पनीले तीन वर्ष अगाडि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लागि २ करोड ५४ लाख १६ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो ।

तीन वर्ष अगाडि प्राथमिक शेयर निष्काशन गर्दा डिम्याट गर्ने प्रणाली थिएन । साथै कम्पनीले तीन वर्षसम्म लकिङ पिरियड तोकेको थियो । लकिङ पिरियड सकिएको हुँदा सञ्चयकर्ताले दोस्रो बजारमा कारोबार गर्न पाउने भएका हुन् । दोस्रो बजारमा कारोबार गर्नका लागि सबै भन्दा पहिला शेयर प्रमाणपत्रलाई अभौतिकरण गर्नुपर्ने भएकोले आफ्नो शेयर प्रमाणपत्रलाई डिम्याट गर्न कम्पनीले सूचना जारी गरेको हो ।

डिम्याट गर्नको लागि सबैभन्दा पहिला हितग्राही (डिम्याट) खाता खोल्नु पर्ने हुन्छ । हितग्राही खाता भएको संस्थामा गएर सञ्चयकर्ताहरुले आफ्नो शेयर प्रमाणपत्र डिम्याट गर्न सक्ने छन् । डिम्याट भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।
कम्पनीले शेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । शेयर प्रमाणपत्र नलिएका सञ्चयकर्ताले सनराइज क्यापिटल कमलपोखरीमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीले नेपाल स्टक एक्चेन्जमा १० करोड ५९ लाख कित्ता प्राथमिक शेयर सूचीकृत गरी कारोबार सुरु गरिसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।