२१ मंसिर /अर्थ र व्यापार - मुद्रा र शेयर बजारका बारेमा अध्ययन गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार गठन गरेको उच्चस्तरीय टोलीले आइतबारबाट मात्र काम थाल्ने भएको छ । शुक्रबार मात्र टोलीले पत्र पाएकाले आइतबारबाट औपचारिक काम थाल्ने भएको हो ।
यद्यपी टोली गठन लगत्तै त्यसका सदस्यहरुले ब्यक्तिगत पहलमा बाहिरका सरोकारवालाहरुसँग सुझाब माग्न भने थालिसकेका छन् । समितिको संयोजक राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई बनाइएको छ । यसमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थमन्त्रालयका सहसचिव छन् ।
बैंकहरुले निक्षेपको ब्याज दर मनपरी बढाएलगत्तै शेयर बजार उच्च अंकले झरेपछि अर्थमन्त्री खतिवडाले समस्या समाधानका लागि इनिसिएसन लिएका थिए । उनले दीर्घकालिन समाधान खोज्नका लागि अध्ययन टोली बनाएका हुन् । टोलीले शेयर बजारको बिकासका साथै लगानी प्रबर्द्धन, मुद्रा बजार र बन्ड मार्केटका बारेमा पनि अध्ययन गरेर सुझाब दिनेछ । टोलीलाई सात दिनको समय दिइएको छ । टोलीले दिएको सुझाबका आधारमा अर्थमन्त्रालयले उपयुक्त निर्णय गर्ने छ ।
तपाईको प्रतिक्रिया