logo

बिहिबार श्यर बजारमा ३.८० अंकका गिरावट

    1903   पटक पढिएको


१८ जेठ / अर्थ र व्यापार-शेयर बजार बैंकिङ र बीमा सूचकमा गिरावट आउँदा घटेको छ ।  कारोबारको सुरुवाती पहिलो घण्टामा करिब ६ अंकले बढेको बजार दोस्रो घण्टापछि बढ्न सकेन ।
एक बजे पछि लगातार घटेको शेयर बजार केही उचालिन खोजेपनि अन्त्यमा वृद्धि टिकाउ हुन नसक्दा बिहीबार बजार ३.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक नेप्से परिसूचक ३.८० अंकको गिरावटसंगै १६०४.३१ अंकमा ओर्लिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३९ अंकको गिरावटसंगै ३४०.३४ अंकमा ओर्लिएको छ ।
बिहीबार एक सय ४७ कम्पनीका ११ लाख ९२ हजार कित्ता शेयर ६४ करोड ९१ लाख रुपैयाँमा खरिद बिक्री भए । बिहीबार सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद बिक्री भयो । एसियनको ६ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो । कारोबार रकमकै आधारमा स्ट्यान्डर्ड चार्टड बैंक आज दोस्रो भएको छ । चार्टडको तीन करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो ।
बिहीबार उपसूचक मिस्रित देखिएका छन् ।आठ समुहको कारोबारमा ६ समुहको घटेको छ भने दुई समूह बढेको छ । बैंक १.७५, होटल २५.३२, विकास बैंक ९.९५, फाइनान्स ३.८, बीमा १०.४९ र अन्यमा ८.९६ अंकले घटेका छन् । जलबिद्युत ७.०४ र उत्पादन मुलक समूह १९.१६ अंकले बढेको छ । बिहीबार युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका शेयरधनीले सबैभन्दा बढी करिब १० प्रतिशत कमाएका छन् भने श्री इन्भेस्टमेन्ट फाईनान्स कम्पनीका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन् ।              

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।