logo

सेयर बजारमा कारोबार रकम खुम्चिन थाल्यो, यी पाँच कम्पनी जसको आपूर्ति बढेको बढ्यै

    1263   पटक पढिएको

२६ माघ / अर्थ र व्यापार -  केही साताबाट अर्बमाथि कारोबार हुँदै आएको बजारमा तरलता अभावको प्रभाव देखिएको छ। आइतबार दिनभरीमा कुल ९५ करोड रुपैयाँको किनबेच भएको छ। 

सेयर बजार झर्न थालेपछि कारोबार रकममा पनि गिरावट देखिन थालेको हो। केही दिनदेखि बजार रातो हुँदै आएको छ। आइतबार बजार सूचक १३.७ अंकले झरेर १३९१.९९ अंकमा ओर्लिएको छ।

उत्पादन तथा प्रशोधन सूचकबाहेक जम्मै रातो हुँदा बजार घटेको हो। खासगरी बीमा र बैंकिङ सूचक  ओरालो लागेपछि समग्र बजार झरेको छ। 

१३५ कम्पनीको सेयर मूल्य झरेको छ भने २९ वटाको बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुको वासलातको असर पनि बजारमा देखिएको छ। राम्रो गरिरेका बैंकहरुको सेयरको माग छ भने नाफा घटेका संस्थाहरुको आपूर्ति बढी देखिएको छ। 

आइतबार उच्च नाफा गरेका कारण ग्लोबल आइएमइ बैंकको सेयरमा सबैभन्दा बढी लगानीकर्ता सक्रिय थिए। नाफा घटेका कारण नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा पनि लगानीकर्ता सक्रिय देखिन्थे। 

यद्यपि बजारमा सबैभन्दा बढि आपूर्ति सिभिल बैंकको भएको छ भने दोस्रोमा एनआइसी एसिया तथा ग्लोबल आइएमइ बैकको छ। यसपछि प्रभु बैकको पनि अधिक आपूर्ति भएको छ।

बजार सर्वा्धिक सेयर भने नेको इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँको भएको छ। यसपछव ग्लोबल आइएमइको ३ करोड ५३ लाख रुपैयाँ, एनआइसी एसियाको ३ करोड ४२ लाख र कर्मचारी सञ्चय कोषको ३ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।