logo

माघ ११ देखि ‘टी प्लस टु’ लागू गरिने, सेयर कारोबारको राफसाफ अब दुई दिनमै

    1225   पटक पढिएको

२ माघ/अर्थ र व्यापार– माघ ११ देखि सेयर कारोबारपछिको राफसाफमा ‘टी प्लस टु’ लागू गरिने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ कम्पनी र ब्रोकर कम्पनीहरुबीच आज भएको छलफलमा माघदेखि नै ‘टी प्लस टु’ लागू गर्ने सहमति भएको हो । हालसम्म सेयर कारोबारमा टी प्लस थ्री लागू हुँदै आएको छ ।

‘टी प्लस टु’ लागू भएपछि सेयर कारोबार भएको दिनपछिको अर्को दुई दिनभित्र राफसाफ हुनेछ । यसमा टीको अर्थ ट्रान्जेक्सन र टुको अर्थ दुई हुन्छ ।

सेयर कारोबार हुँदा किन्ने र बेच्नेबीच एक किसिमको करार सिर्जना हुन्छ । सो करार कार्यान्वयन हुनु नै राफसाफ हो । राफसाफभएपछि मात्रै सेयर बेच्नेको बैंक खातामा पैसा जम्मा हुन्छ भने किन्नेको डिम्याट खातामा सेयर जम्मा हुन्छ ।

सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यका अनुसार ब्रोकर कम्पनीहरुले माघ ११ गतेदेखि नै टी प्लस टु लागू गर्न सुझाव दिएको बताए । उनले आइतबार बस्ने संचालक समितिको बैठकले माघ ११ देखि लागू गर्नेगरी निर्णय गर्ने बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।