२० फागुन /अर्थ र व्यापार - शिवम सिमेन्टको आईपिओ बुधबार बाँडफाँड हुने भएको छ । शिवमले सर्वसाधारणलाई निष्काशन गरेको ४१ लाख २० हजार कित्ता र स्थानीय आयोजना प्रभावित मकवनपुरवासीलाई निष्काशन गरेको ५ लाख ७९ हजार ६४० कित्ता शेयर बुधबार विहान बाँडफाँड हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको शेयरमा सर्वसाधारण तर्फ ५१ हजार ८८२ आबेदनबाट ५१ लाख ८९ हजार ५६० कित्ताका लागि आवेदन परेको छ । यस्तै स्थानीय तर्फ १ हजार ८९७ जनाले ४ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका छन् । स्थानीय तर्फ आवश्यक आबेदन नपरेपनि बाँकी शेयर सर्वसाधारणलाई वितरण गर्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
सर्वसाधारणमा अंकित मूल्य एक सय रूपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रूपैयाँका दरले ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । यसैगरि स्थानीयतर्फ मकवानपुरबासीका लागि कम्पनीले अंकित मूल्य एक सय रूपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रूपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।
शिवम् सिमेन्टले फागुन ६ गते देखि वास्तविक कम्पनीको रूपमा सिमेन्ट उद्योगको रूपमा पहिलो पटक प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेको थियो ।
तपाईको प्रतिक्रिया