logo

सूचक र कारोबार रकममा उत्साहजनक बढोत्तरी

    1504   पटक पढिएको

२८ माघ / अर्थ र व्यापार - केही दिनदेखि निरन्तर घटिरहेको सेयर कारोबार रकमले मंगलबार छलाङ मारेको छ। दिनभरीमा १७५ कम्पनीको एक अर्ब ५३ करोड रुपैयाँभन्दा बढिको सेयर किनबेच भएको छ।

सूचक पनि १७ अंकले उक्लिएर १३४१ अंकमाथि पुगेको छ। ब्यापार बाहेक सबै उपसूचक हरियो देखिएका छन्। २३ कम्पनीको सेयर मूल्य घट्दा १३३ वटाको मूल्य बढेको छ।

सुरुमा केही सुस्त देखिएको बजारमा १२ बजेपछि लगानीकर्ताको सहभागिता बढेको थियो। सोमबरजस्तो आज पनि शिवम् सिमेन्टको सेयरमा लगानीकर्ताको आकर्षण धेरै देखिएको थियो। दिनभरीमा शिवमको २ लाख ६३ हजार ७९० कित्ता सेयरको माग थियो।

आपूर्ति भने सिभिल बैंकको बढी भएको छ। बढी आपूर्ति हुने सूचीको पाँचौ नम्बरमा शिवम् छ। शिवमको ४९ हजार ९३० कित्ता सेयर बजारमा आएको छ।

शिवमको सर्वा्धिक सेयर किनबेच भएको छ। कम्पनीको १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसपछि एनआइसी एसियाको ११ करोड २३ लाख रुपैयाँको भएको छ। सिभिल बैंकको ८ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

सर्वा्धिक सेयर मूल्य कालिका पावर कम्पनीको बढेको छ। कम्पनीको १० प्रतिशतले मूल्य बढेर ९९ रुपैयाँ पुगेको छ। यसपछि नेपाल सेवा लघुवित्तको करिब १० प्रतिशतले मूल्य बढेको छ। 

बैंकिङ सूचक साढे १४ अंकले बढेको छ। विकास बैंकको साढे १८ र जलविद्युतको १० अंकले सूचक बढेको छ। सर्वा्धिक सूचक बीमाको बढेको छ। निर्जीवनको ९३ र जीवनको ५३ अंकले बढेको छ। लघुवित्तको  ७० अंकले बढेको छ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।