१५ चैत्र /अर्थ र व्यापार - सिद्धार्थ बैंकको ४२ लाख ३२ हजार १९२ दशमलव ६४ कित्ता शेयर नेप्सेमा कारोबारका लागि सूचीकृत भएको छ । बैंकको गत आर्थिक वर्षको साधारण सभाबाट उक्त बोनस पारित भएको थियो ।
सिद्धार्थ बैंकको गत पुस २३ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभाले गत वर्ष २०७४र७५ को नाफाबाट चुक्त्ता पूँजी ८ अर्ब ४६ करोड रुपैयाँको ५ प्रतिशत बोनस बराबरको ४२ करोड ३२ लाख १९ हजार २६४ रुपैयाँ बराबरको बोनस र कर प्रयोजन सहित ८.१६ प्रतिशत अथार्त ६९ करोड ०६ लाख ९३ हजार ८३८ रुपैयाँ नगद लााभांश गरि कूल १३.१६ प्रतिशत लाभांश पारित भएको थियो ।
बैंकले लाभांश प्रयोजनका लागि पुस ९ गते बुकक्लोज गरेकाले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । बोनस वितरण पश्चात सिद्धार्थ बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख चार हजार ५४० रूपैयाँ कायम भएको छ ।
तपाईको प्रतिक्रिया