११ माघ/ अर्थ र व्यापार - शिव श्री हाइड्रोपावर कम्पनीले शेयरमा आवेदन भर्न एक साताका लागि समय गरेको छ । आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरुले अब माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत पुस २७ गते देखि निष्काशन गरिएको शेयरमा यसअघि माघ ११ गते आजसम्म आवेदन गर्ने समय निर्धारण गरिएको थियो । कम्पनीले स्थानीयबासिको अनुरोधमा ७ दिन समयावधि बढाएको हो ।
कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर (आईपिओ) बिक्रीमा ल्याएको हो ।
तपाईको प्रतिक्रिया