logo

नेप्से कार्यालय अगाडी आमरण अनशन , माग सम्बोधन नभएको आरोप

    1418   पटक पढिएको

२ पुस /अर्थ र व्यापार  - आफूहरुले उठाएको १४ बुँदै मागमा सरकारले सम्बोधनको नाममा छलफलमा बोलाएर जालझेल गरेको आरोप लगाउँदै शेयर लगानीकर्ताको दबाब समूहबाट सोमबार ११ बजेदेखि नेप्से कार्यालय अगाडि संयोजक समेत रहेका हरि ढकाल र तिलक कोइराला  आमरण अनशनमा बस्ने भएका छन् ।

सरकारले आफ्ना मागहरू सुनुवाइ गर्नुको साटो वार्ताका नाममा भड्काउने काम गरेकाले बाध्य भएर आमरण अनशन बस्नुपरेको उनीहरुको भनाई छ । आमरण अनशन सँगै हाल जारी रिले अनशनलाई पनि निरन्तरता दिइने दबाब समूहले जनाएको छ । शुक्रबार दबाब समूहको वार्ता टोली र सरकारी अध्ययन समितिबीच वार्ता भएपनि शनिबार अध्ययन समितिको बैठकमा सामेल नगराएछि सरकारले षडन्यन्त्रपूर्ण काम गरेको आरोप लगाउँदै सोमबारदेखि समूहले आमरण अनशन सुरु गरेको हो ।

आमरण अनसनसँगै उनीहरुले पुस २ गते सोमबारदेखि स्वतस्फूर्त बजार बन्द कार्यक्रम आह्वान गरेको छ । समूहले लगानीकर्तालाई शेयर कारोबार नगर्न आग्रह गर्दै आन्दोलनमा सहयोग गरिदिन आह्वान गरेको छ ।  पूँजी बजार सुधार र विस्तारका लागि मंसिर १४ गते धितोपत्र बोर्डमा १० बुँदै मागपत्र पेश गरेको यो समूह मंसिर २३ गतेदेखि अर्थमन्त्रीको राजीनामाको मुख्य मागसहित १४ बुँदे माग लिएर नेप्से कार्यालय भद्रकाली अगाडि रिले अनसनमा बसेको थियो । शुक्रबार १४ बुँदामध्ये १२ बुँदामा सहमति जनाएको सरकारी वार्ता टोलीले शनिबार वार्तामा बोलाई नेपाल राष्ट्र बैंकको मूल गेटबाटै छिर्न नदिएर षड्यन्त्र भएको भन्दै आफुले उठान गरेका मागका सम्बन्धमा कुनै सम्बोधन नभएपछि लगानीकर्ताहरु पुर्व घोषित कार्यक्रम अनुसार आमरण अनसन बस्ने भएका हुन् ।

आफ्ना मागका सम्बन्धमा अर्थमन्त्रालय र सम्बद्ध निकाय गैरजिम्मेवार भएको लगानीकर्ताको आरोप छ । जसका कारण आफुहरु आमरण अनसनमा बस्न बाध्य भएको दवाब समूहले विज्ञप्तिमा उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।