२४ फागुन /अर्थ र व्यापार - शेयर खरिदमा आगामी बैशाखदेखि प्यान अनिवार्य गर्नेमा सरकार कटिबद्ध देखिएको छ । बजेटको मध्यावधि समीक्षामा २०७६ बैशाख १ गते देखि शेयरखरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) पेश गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ ।
शेयर लगानीकर्ताहरुले पटक पटक शेयर खरिदमा प्यान अनिवार्य नभई ऐच्छिक गर्नुपर्ने माग गर्दे आन्दोलन र धर्ना गरेपनि सरकार भने आफ्नो निर्णयमा अडिग देखिएको छ । बजेटको मध्यावधि समीक्षामा लगानीकर्ताको माग सम्बोधन नभएकाले झन अन्योलता बढाएको छ । केहि समय अघि धितोपत्रबोर्डले सरोकारवालासँग गरेको छलफलमा लगानीकर्ताका माग सम्बन्धीत निकायमा पुर्याउने र शेयर खरिदमा तत्काल प्यान अनिवार्य नगराउन पहल गराउने बताएपनि बोर्डको सुझाब अर्थमा नपुगेको देखिन्छ ।
यस्तै बजेटको अर्धबार्षिक समीक्षामा शेयर बजारको विकास र विस्तारका लागि वैकल्पिक लगानी कोष नियमावली २०७५ तथा धितोपत्र सूचीकरण तथा करोबार नियमावली २०७५ स्वीकृत भैसकेको उल्लेख छ ।
तपाईको प्रतिक्रिया