१६ जेठ /अर्थ र व्यापार - साताको अन्तिम आज शेयर बजारमा नेप्से परिसूचक ५.५८ अंकले बढेर १ ३१९.४७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज करिब २६ अंक बढेर १३४९ दशमलव ३४ को बिन्दुमा पुगेर अन्तिममा घटेर बन्द भयो ।
यसदिन १ सय ७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब ५२ करोड ८१ लाख ७९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव २३ अंकले बढेर २ सय ८१ दशलमव १५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार १७ करोड १९ लाख ६५ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सर्वाधिक कमाउनेमा हिमालय डिस्टिलरी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ५९ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९४ प्रतिशतले घटेको छ ।
यस दिन ११ वटै उपपरिसुचकहरुमा ४ वटा समूह मात्र बढेको छ भने बाँकी ७ वटा समूहहरु घटेका छन् ।
तपाईको प्रतिक्रिया