२२ जेठ / अर्थ र व्यापार-सेयर बजारमा सोमबार सुधार आएको छ । कारोबार सुरु भएदेखिनै लगातार बढेको शेयर बजार दोहोरो अंकले अगाडि बढेको थियो। अन्तिम समयमा दोहोरो अंक टिकाउ नभए पनि बजार ८.८४ अंक उक्लिएर रोकियो। नेपाली सेयर बजार सूचक नेप्सेले १६०० को विन्दुलाई मनोवैज्ञानिक तहको रुपमा परिक्षण गरिरहेको देखिन्छ ।
धेरै लगानीकर्ताहरुमा बजार १८८१ को सर्वा्धिक उचाई बनाएको नेप्सेले घट्न पर्ने जति घटेकोले १६०० बिन्दु मुनी आउन नपर्ने मान्यता राखेका छन् । त्यसबाहेक शून्य अंक समेटिने विन्दु मनोबैज्ञानिक बिन्दुको रुपमा समेत रहने गरेकोले पनि लगानीकर्ताहरुले यो बिन्दुलाई प्राथमिकताका साथ हेरिरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक बढेपनि कारोबार रकम औसत देखिएको छ। साताको दोस्रो दिन १४९ कम्पनीको १३ लाख ९१ हजार कित्ता शेयर कारोबार भएको छ। दिनभरीमा ६२ करोड रुपैयाँमा खरिद बिक्रि भयो।
सबैभन्दा बढि स्ट्यान्डर्ड चाटर्ड बैंकको ६ करोड रुपैयाँको शेयर खरिद बिक्रि भएको छ। कारोबार रकमकै आधारमा एसियन लाइफ इन्स्योरेन्स (सस्थापक) दोस्रो भएको छ। कम्पनीको चार करोड ८० लाख रुपैयाँको शेयर खरिद बिक्रि भएको हो।
आज आठ समुहको कारोबार भयो। फाईनान्स समूह बाहेक सबै बढेको छ। बैकिङ १०, होटल ६.०७, विकास बैंक १०.९, जलबिद्युत ७.२७, बीमा १५.१, उत्पादन मुलक २१.६९ र अन्य ४.६३ अंकले बढेको छ। फाइनान्स ०.९५ अंकले घटेको छ।
आरएसडिसी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् भने सिनर्जी फाइनान्सका शेयरधनीले चार प्रतिशतले गुमाएका छन्।
तपाईको प्रतिक्रिया