logo

शेयर बजारमा सामान्य सुधार, १९ लाख ४५ हजार ३६ कित्ता शेयर किनबेच 

    1569   पटक पढिएको

२८ फागुन /अर्थ र व्यापार  -  मंगलबार २०.३३ अंकले बढेको बजारमा १७६ कम्पनीका १९ लाख ४५ हजार ३६ कित्ता शेयर किनबेच भएर ५२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन नेप्से २०.३३ अंकले बढेर ११६३.२६ विन्दुमा पुगेको छ ।आज कारोबारमा आएका ११ समुह सबैको सुचकमा हरियाली छाएका छन् । त्यस मध्ये पनि हाइड्रोपावर, वाणिज्य बैंक र व्यापार समुहको सुचक २ प्रतिशत भन्दा बढीले बृद्धि भएका छन । हाइड्रोपावरमा सबै भन्दा धेरै २.७७ अंकले सकारात्कम भएको छ । यस्तै वाणिज्य बैंक २.२७ र व्यापार समुहको सुचक २.१७ प्रतिशतले सुधार भएका हुन् ।

यस्तै उत्पादन तथा प्रशोधन, होटल, विकास बैंक जीवन बीमा, र अन्य समुहको सुचक पनि १ प्रतिशत भन्दा बढीले सुधार भएका छन् । यस दिन सबै भन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एनसिसी बैंकको पनि ३ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै प्रभु बैंक, अपर तामाकोशी, नेपाल लाइफ इन्स्योरेन्स, र एनआइसि एशियाको २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेपाल बैंक, जनता बैंक, सिभिल बैंक, र एनएमबि बैंकको पनि १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका छन् । सिनर्जी पावरको शेयरधनीले कमाउँदा सिटिजन म्युचुअल फण्डको इकाइ मूल्य घट्यो ।

मंगलबार सिनर्जी पावरको शेयर मूल्य सबै भन्दा धेरै १० प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्सको शेयरधनीले ९.८७ प्रतिशतले कमाएका छन् भने हिमालयन पावर पर्टनरको शेयरमूल्य ९.५५ प्रतिशतले बढेको छ । यस्तै कालिका पावरको शेयर मूल्य ८.७९ , सानिमा इक्युटी फण्डको इकाई मूल्य ७.४६ र नेशनल हाइड्रोपावरको शेयरमूल्य ७.२५ प्रतिशतले बढेको छ । यता सिटिजन म्युचुअल फण्डको इकाई मूल्य सबै भन्दा धेरै १.९२ प्रतिशतले घटेको छ । यस्तै सगरमाथा इन्स्योरेन्स, निर्धन उत्थान लघुवित्त, आखुखोला जलविद्युत, बेष्ट फाइनान्स कम्पनीको शेयरधनीले १ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।