logo

शेयर बजारमा सबै समूहको सूचक उकालो लाग्यो, ४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो  

    1259   पटक पढिएको

१ माघ /अर्थ र व्यापार - मंगलबारको शेयर बजारमा हरियाली छाएको छ । कारोबारमा आएका सबै समूहको सूचक उकालो लाग्दा समग्र नेप्से दोहारो अंकले बढेको छ भने कारोबार रकममा समेत सुधार आएको छ । बजारमा हरियाली छाउँदा चार कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ ।

पुष मसान्त सकिएसँगै करको झन्झटबाट मुक्त पाएका लगानीकर्ताले शेयरमा लगानी बढाउदा बजारमा सकारात्मक प्रभाव परेको हो । अर्कातर्फ नागरिक लगानीकोष तथा अपर तामाकोशी लगायतको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढ्दा समग्र बजार उच्चाल्न टेवा पुगेको हो ।मंगलबार बजार खुले देखि लगातार बढेको नेप्से १७.५१ अंकले बढेर ११९५.५४ अंकमा पुगेको छ । यस दिन १५८ कम्पनीको ८ लाख ३५ हजार २३९ कित्ता शेयर ३९ करोड ७३ लाख रुपैयाँमा खरिद बिक्री भयो । यस दिन कारोबारमा आएका सबै उप समूहहरुको सूचकमा हरियाली छाएको छ भने र्निजीवन बीमा उप समूहको सूचक सबै भन्दा धेरै २३२.९२ अंकले बढेको छ ।

जीवन बीमा उप समूह १९७.०९, लघुवित्त ५३.५४, जलविद्युत ५२.७७, विकास बैंक १६.७५, अन्य ११.५५, होटल ६.५, बैंकिङ्ग ५.०४, व्यापार २.८७ र उत्पादन मूलक उप समूहको सूचक २.६५ अंकले सकारात्मक रह्यो । मंगलबार नागरिक लगानी कोषको सबै भन्दा धेरै रकमको शेयर कारोबार भएको छ भने नेपाल बैंकको सबै भन्दा धेरै शेयर किनबेच भयो । नागरिक लगानीकोषको २८ हजार ५१० कित्ता शेयर आठ करोडमा खरिद बिक्री भएको छ । नेपाल बैंकको ६४ हजार ४९ कित्ता शेयर एक करोड ९१ लाख रुपैयाँमा किनबेच भयो ।

यसदिन चार वटा कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ । जसमा नागरिक लगानी कोष, ग्रमिण विकास लघुवित्त, माथिल्लो तामाकोशी र अरुण कावेलीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढोत्तरी भएको छ ।
साथै सिटी एक्सप्रेस, फरर्वाड कम्यूनिटी माइक्रोफाइनान्स,सांग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स र प्रूडेन्सियल इन्स्योरेन्स लगायतको शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

त्यसैगरी, सिद्धार्थ इक्यिूट फण्ड र गण्डकी विकास बैंकको शेयर मूल्य दुई प्रतिशतले घटेको छ । साथै हिमालयन डिस्टिलरी, अरुण भ्याली, गोर्खाज् फाइनान्स, मल्टिपर्पर्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, बैंक अफ काठमाण्डू र पोखरा फाइनान्सको शेयर मूल्य एक प्रतिशत भन्दा धेरैले घटेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।