२३ माघ /अर्थ र व्यापार - बुधबार नेप्से परिसूचक ७.३८ अकंले घटेर ११३९.७२ बिन्दुमा झरेको छ । १६७ कम्पनीको ७ लाख ४६ हजार ९४६ कित्ता शेयर २३ करोड ५६ लाख रुपैयाँमा खरिद बिक्री भयो । कारोबारमा आएका सबै समूहको सूचक घटेपछि बजार राताम्मे भएको छ ।
आज पनि माथिल्लो तामाकोशी हाइड्रोपावरको अधिक शेयर कारोबार भएको छ । तामाकोशीको एक करोड ६२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । त्यस्तै सामुदायिक लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई समुन्नत योजना एक र उन्नती माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै चार प्रतिशत बढीले घटेको छ ।
तपाईको प्रतिक्रिया