logo

शेयर बजारमा झिनो अंकको सुधार 

    1255   पटक पढिएको

२२ माघ /अर्थ र व्यापार - दुई दिनदेखि घटिरहेको शेयर बजारमा तेस्रो दिन सुधार देखिएको छ । साताको तेस्रो दिन मङ्गलवार शेयर बजार मापक सूचक दुई दशमलव ८३ अङ्कले बढेर सूचक ११४७.१० अंकमा उक्लिएको छ । सेन्सेटिभ सूचक ०.७४ अङ्कले बढेर २४४.०२ अंकमा पुगेको छ ।

दुई करोड ५५ लाख रुपैयाँको सबैभन्दा बढी कारोबार गर्दै अपर तामाकोशिले मंगलबारको समग्र शेयर कारोबारमा अग्रता लिएको छ । कारोबार रकमकै आधारमा नागरिक लगानी कोषले एक करोड ४३ लाख रुपैयाँको शेयर कारोबार गर्दै दोस्रो स्थान कायम गर्यो । समग्र बजारमा २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । १६३ कम्पनीका सात लाख ३६ हजार कित्ता शेयर मङ्गलवार किनबेच भयो ।

पहिलो १५ मिनेट शेयर बजार घटेको भएपनि त्यसपछि सुधार देखिएको थियो । कारोबारमा सामान्य उतारचढाबसँगै बजार अन्तमा झिनो अङ्कले बढेर बन्द भएको हो । उपसूचक मिस्रित देखिएका छन् । १० समूहको कारोबारमा आठ समूह बढेका छन् भने दुई समूह घटेका छन् । फाइनान्स ०.९२ र उत्पादनमूलक समूह १९.६२ अङ्कले घट्यो। बाँकी समूह बढेका छन् । सबैभन्दाबढी ०.४७ अङ्कले बढेको छ । 

सामुदायिक लघुबित्त वित्तीय संस्थाको प्रति कित्ता शेयर मूल्य सबैभन्दा बढी करिब १० प्रतिशत बढ्यो । पूर्णिमा विकास बैकको शेयर मूल्य करिब पाँच प्रतिशत घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।