१६ पुस /अर्थ र व्यापार - सरकारी कार्यदलको सुझाब अनुसार राष्ट्र बैंकले शेयर ऋणमा लचकता अपनाएपछि बढेको बजार सोमबार दोहोरो अंकले घट्दा पुन १२०० अंकले तल आएको छ । बजार घट्न थालेपछि कारोबार पनि सुस्त हुन थालेको छ ।
सुरुमा सामान्य बृद्धि देखिए पनि कारोबार खुलेको एक घण्टामा नै दोहोरो अंकले सुचक ओर्लिएको छ ।
होटल, फाइनान्स र उत्पादनमूलक समूह हरियो देखिए पनि बाँकी सूचक रातो भएको छ । बजार निरन्तर घटेर तल आएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सुधारका लागि सुझाब दिन कार्यदल बनाएका थिए । कार्यदलको सुझाब अनुसार राष्ट्र बैंकले शेयर धितो ऋणदेखि जोखिम भारित सम्पतिसम्ममा लचकता अपनाएको थियो ।
त्यसपछि बजार केही बढेको थियो । तर बैंकहरुले पैसा अभावमा ऋण बढाउन नसकेको र ब्याज दर पनि नघटेका कारण बजारले बृद्धि कायम राख्न नसकेको ब्रोकरहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया