logo

शेयर बजार १.०८ अंकले घटे पनि एक अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार

    851   पटक पढिएको

१२ पुस /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले कार्यदलको सुझाबको आधारमा पूँजी बजार सुधार र विस्तार का लागि नीतिगत व्यवस्था गरेको दोस्रो दिन शेयर बजारमा एक अर्ब बढीको शेयर किनबेच भएको छ । साताको अन्तिम दिनको कारोबारमा नेप्से सूचकमा सामान्य गिरावट आएपनि तीन महिनापछि एक अर्ब बढीको कारोबार भएको छ । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले पूँजी बजारले दिर्घकालिन गति लिने विश्वास लगानीकर्तामा हुदा शेयर कारोबार वृद्धि भएको हो ।

पछिल्ला दिनमा बजारमा आएको तिब्र सुधारले अल्पकालिन कारोबारीहरु नाफा सुरक्षित गर्नतर्फ सक्रिय हुँदा बिक्रीमा चाप पर्दा सूचक भने बढ्न सकेन् । सरकारले गरेका नीतिगत सुधारले बजार बढ्ने आशमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरु बजार प्रवेश गर्ने क्रम समेत बढेको छ । साताको अन्तिम दिन विहिबार शेयर बजार १.०८ अंकले घटे पनि एक अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । साताको अन्तिम दिन शेयर बजार १.०८ अंकले घटेर १२१५.१६ अंकमा झरेको छ । बिहिबार १७४ कम्पनीका २८ लाख ७२ हजार ५५१ कित्ता शेयर एक अर्ब झण्डै १२ करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।
दिनभर उचालिएको शेयर बजार अन्तिम घडिमा ओरालो लाग्दा कारोबारमा आएका ११ उप सूचक मध्ये ८ वटा उप समूहको सूचक नकारात्मक भएको छ भने तीन उप समूहको सूचक मात्र सकारात्मक भएको छ । सूचक सकारात्मक हुने उप समूहहरुमा जीवन बीमा समूह सबै भन्दा धेरै १७० अंकले बढेको छ भने उत्पादन समूह १९.१८ र अन्य उप समूहको सूचक ११.४६ अंकले वृद्धि भएको छ ।

त्यसैगरी होटल उप समूहको सूचक सबै भन्दा धेरै ६३.६३ अंकले घटेको छ । निस्जीवन बीमा ४८.६७, बैंकिङ्ग ६.६६, विकास बैंक ५.२९, जलविद्युत ४.२९, व्यापार २.९६, लघुवित्त २.६५ र वित्त उप समूहको सूचक २.२१ अंकले नकारात्मक भएको छ । बिहिबार नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धैरै रकमको शेयर कारोबार हुदा नेपाल बैंकको सबै भन्दा धेरै शेयर खरिद बिक्री भएको छ । नेपाल लाइफको १४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी नेपाल बैंकको दुई लाख ६५ हजार ४०९ कित्ता शेयर ८ करोड २६ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । आज नागरिक लगानी कोषको शेयर मूल्य सबै भन्दा धेरै ९.०३ प्रतिशतले बढेको छ । महिला सहयात्रा माइक्रोफाइनान्सको शेयर मूल्य ८.१६ प्रतिशत, हिमालयन डिस्टिलरिको ६.०२ प्रतिशत, समता माइक्रोफाइनान्सको ५.२ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत र बरुण हाइड्रोपावर, लक्ष्मी लघुवित्त, कालिका पावर कम्पनीको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले बढोत्तरी भएको छ ।
यता शेयर मूल्य गुमाउने कम्पनीहरुमा सिद्धार्थ इक्वीटी ओरिन्टेड स्किमको सबै भन्दा धेरै ६.६६ प्रतिशतले घटेको छ भने सनराईज बैंकको शेयर मूल्य ५.४८ प्रतिशतले संकुचित भएको छ ।

नेपाल सेवा लघुवित्त, ग्रामिण विकास लघुवित्त र सोल्टि होटलको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले गिरावट आएको छ । साथै सांग्रीला डेभलपमेन्ट बैंक, तारागाँउ रिजेन्सि होटल, जनउत्थान समूदायिक लघुवित्त मिथिला लघुवित्त र नागवेली लघुवित्तको शेयर मूल्य तीन प्रतिशत भन्दा बढीले घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।