logo

बैंकहरुको ब्याजदर बृद्धिको असर शेयर बजारमा, मंगलबार दोहोरो अंकले घट्यो

    1340   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार  - ठूला बैंकहरु नै ब्याज दरमा प्रतिस्पर्धा गर्न थालेपछि शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको आन्दोलन र सरकारले पूँजी बजारको सूधारका लागि अध्यन समिति बनाएसँगै लगातर चार दिनदेखि बढेको शेयर बजार मंगलबार दोहोरो अङ्कले घटेको हो ।

हिमालयन बैंक र नबिल बैंकले समेत ब्याज दर बढाएर साढे १३ प्रतिशत पुर्याएपछि त्यसको असर शेयर बजारमा देखिएको हो । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १४.६१ अङ्कले घटेर ११६८.१७ अंकमा ओर्लिएको छ ।  गत मङसिर १९ गतेदेखि शेयर बजारमा सूधार देखिएको थियो । त्यसपछि कारोबारमा शेयर सूचक एक दिन मात्रै झिनो अङ्कले घट्यो भने बाँकी सबै दिन बजार बढेको थियो । लगातारको वृद्धिले सूचक ६४.६५ अङ्कले उक्लिएको थियो । बैंकहरुले फेरि ब्याज दरमा बृद्धि गर्न थालेपछि शेयर बजार घटेको ईन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए । 

दिनभरीमा १५९ कम्पनीका १४ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ । कुल ५३ करोड २३ लाख रुपैयाँका शेयर किनबेच भएका छन् । सबैभन्दा बढी नेपाल बैंकको पाँच करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  उपसूचक मिश्रित देखिएका छन् । १० समूहको कारोबारमा दुई समूह बढेका छन् भने बाँकी सबै समूह घटेका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक ०.७५ प्रतिशतले बढेको छ । निर्जिवन बिमा समूह ३.५२ प्रतिशतले घटेको छ । 

समिट माइक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने बिजय लघुबित्तका शेयरधनीले करिब आठ प्रतिशतले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।