logo

शेयर लगानीकर्ता दबाब समूहद्वारा फेरि अनशन सुरु, अर्थ मन्त्रालयले षडयन्त्रपूर्ण काम गरेको आरोप

    954   पटक पढिएको

१ पुस अर्थ र व्यापार - अर्थ मन्त्रालयले षडयन्त्रपूर्ण काम गरेको भन्दै शेयर लगानीकर्ता दबाब समूहले फेरि अनशन सुरु गरेको छ । शुक्रबार वार्ता टोली र सरकारी अध्ययन समितिबीच वार्ता भएपनि शनिबार अध्ययन समितिको बैठकमा सामेल नगराएछि षडन्यन्त्रपूर्ण काम गरेको आरोप लगाउँदै फेरि अनशन सुरु गरेको हो ।

शनिबार अध्ययन समितिको बैठकमा सहभागि हुन राष्ट्र बैंक पुग्दा दबाब समूहका सदस्यहरुलाई मुल ढोकाबाट छिर्न नदिएको आरोप लगानीकर्ताको छ । शेयर लगानीकर्ता दबाब समूहले शनिबार जारी गरेको विज्ञाप्तीमा अर्थ मन्त्रालयका सह(सचिव खत्रीको निर्देशनमा डेपुटी गभर्नरको अध्ययन समितिले षडयन्त्र गरेको उल्लेख छ । उनीहरुले आइतबार देखि फेरी नेप्सेको कार्यालय अगाडि रिले अनशन सुरु गरका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पर्दा भित्रबाट र सहसचिव उत्तर कुमार खत्रीले प्रत्यक्ष रुपमा डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कारिन्दा बनाएर शेयर लगानीकर्तालाई फसाउन लागेको समुहको दाबी छ । नेपालको पूँजी बजारलाई संकटतर्फ धकेलेर शेयर बजारमा अन्योल र अराजकता बढाउने लागेको दबाब समूहको आरोप छ ।

समुहले शेयर धितो कर्जाको सिमा ८० प्रतिशत पुर्याउने, शेयर धितो कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झार्ने, अनलाईन कारोबार प्रणाली पूर्ण रुपमा संचालनमा आएसँगै ब्रोकर कमिशन घटाउने, ब्रोकर मार्फत मार्जिन ल्याण्डिङ्ग उपलब्ध गराउने, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष, धितोपत्र ब्यवसायी र शेयर दलाललाई तत्काल डिलरशीप दिने, बढाईएको पूँजीगत लाभकर घटाउने लगायतका माग समावेश गरी प्रतिवेदन बुझाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।