११ चैत्र /अर्थ र व्यापार - सोमबार नेप्से परिसूचक ३ .८७ अंकले बढेर १ हजार १ सय ३८ दशमलव ८७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९५ अंकले बढेर २ सय ४२ दशलमव २५ को बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ६९ कम्पनीको ९ लाख २९ हजार २१७ कित्ता शेयर खरिदबिक्री भई २४ करोड २६ लाख ५९ हजार बराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार म्क्तिनाथ विकास बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार आज २ करोड ८ लाख रुपैयाँ बराबरको भएको छ ।
त्यस्तै यस दिन सर्वा््िधक कमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्य आज ५ दशमलव ८६ प्रतिशतले वृद्धि गरेको छ । साथै सर्वाधिक गुमाउनेमा युनिर्भसल पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज पनि १० प्रतिशतले घटेको छ । यस दिन १० वटा उपपरिसुचकहरुमा ६ वटा समूह मात्र बढेको छ भने बाँकी ४ वटा समूहहरु घटेका छन् ।
तपाईको प्रतिक्रिया