१० चैत्र /अर्थ र व्यापार - आइतबार नेप्से परिसूचक ५ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ३४ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव १७ अंकले घटेर २ सय ४१ दशलमव २९ को बिन्दुमा पुगेर बन्द भएको छ । यसदिन १ सय ६६ कम्पनीको ८ लाख ३० हजार ६८ कित्ता शेयर खरिदबिक्री भई २३ करोड २४ लाख १ हजार बराबरको कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको कारोबार आज १ करोड ५५ लाख ७५ हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्य आज ३ दशमलव ३९ प्रतिशतले वृद्धि गरेको छ ।
साथै सर्वाधिक गुमाउनेमा युनिर्भसल पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य १० प्रतिशतले घटेको छ । यस दिन १० वटा उपपरिसुचकहरुमा १ वटा समूह मात्र बढेको छ भने बाँकी ९ वटा समूहहरु घटेका छन् ।
तपाईको प्रतिक्रिया