२९ जेठ / अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ३.५० अंकले घटेर १२७२.४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७४ कम्पनीको १८ लाख ७१ हजार ८०४ कित्ता शेयर खरिदबिक्री भई ५० करोड २६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५० अंकले घटेर २ सय ७२ दशलमव ३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार ग्लोबल आईएमई बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार ७ करोड १२ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वाधिक कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेटको भएको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ९ प्रतिशतले घटेको छ । यस दिन १२ वटा उपपरिसुचकहरुमा ३ वटा समूह मात्र बढेको छ भने ९ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया