२३ जेठ / अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ४.६९ अंकले घटेर १२८४.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यसदिन नेप्से सबैभन्दा उच्च बिन्दु १२९६ दशमलव ८० मा पुगेको थियो भने न्युुन बिन्दु १२८४ दशमलव ५९ मा पुगेको थियो ।
यसदिन १ सय ७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर खरिदबिक्री भई ५८ करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९७ अंकले घटेर २ सय ७३ दशलमव ८९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार ७ करोड ७६ लाख ९७ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ६५ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव १० प्रतिशतले घटेको छ । यस दिन १२ वटै उपपरिसुचकहरुमा ५ वटा समूह बढेको छ भने ७ वटा समूह घटेको छ ।
तपाईको प्रतिक्रिया