९ असार /अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ५.७५ अंकले बढेर १२६०.१० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७३ कम्पनीको १५ लाख ४ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड १४ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ४४ अंकले बढेर २ सय ७१ दशलमव ०४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार आज ५ करोड १८ लाख ३३ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वाधिक कमाउनेमा जनउत्थान साम्दायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६० प्रतिशतले घटेको छ । यस दिन ११ वटा उपपरिसुचकहरुमा ७ वटा समूह बढेको छ भने ४ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया