१९ जेठ /अर्थ र व्यापार - आज आइतबार शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १३. ७९ अंकले घटेर १३०७.६८ बिन्दूमा झरेको छ । यस दिन ७५ करोड ३२ लाख ५७ हजार २०९ रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका समूहमध्ये होटल र उत्पादन समूहबाहेक सबै समूहमा गिरावट आएको छ । बम्पर लाभांश दिने घोषणा गरेको प्रिमियर इन्स्योरेन्सको कारोबार उच्च भएकोछ । यस कम्पनीको मात्रै १३ करोडभन्दा बढीको कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया