४ असार / अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ०.२० अंकले घटेर १२५८.४६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ६९ कम्पनीको ९ लाख ८० हजार ९१९ कित्ता शेयर खरिदबिक्री भई ३० करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव २३ अंकले बढेर २ सय ७० दशलमव ५२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । जसको कारोबार २ करोड १७ लाख ५४ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वाधिक कमाउनेमा मल्टी प्रपोज फाइनान्स कम्पनी लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ६९ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा घलेम्दी हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ५७ प्रतिशतले घटेको छ ।
यस दिन ११ वटा उपपरिसुचकहरुमा ५ वटा समूह बढेको छ भने ६ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया