३० जेठ /अर्थ र व्यापार - साताको अन्तिम दिन बिहिबार शेयर बजारमा नेप्से परिसूचक २.९२ अंकले घटेर १२६९.५५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५४ अंकले घटेर २ सय ७१ दशलमव ८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । जसको कारोबार ३ करोड ८ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सर्वाधिक कमाउनेमा अरुण खोला जलविद्युत कम्पनीको भएको छ । जसको शेयर मूल्यमा ५ दशमलव २६ प्रतिशतले बढेको छ ।
साथै सर्वाधिक गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ६७ प्रतिशतले घटेको छ । यस दिन ११ वटा उपपरिसुचकहरुमा एउट समूह मात्र बढेको छ भने १० वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया