३ असार / अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक २.२३ अंकले घटेर १२५८.६६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७७ कम्पनीको १२ लाख २६ हजार ६८६ कित्ता शेयर खरिदबिक्री भई ३५ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०३ अंकले बढेर २ सय ७० दशलमव २९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार ताँरागाँऊ रेजेन्सी होटलको भएको छ । जसको कारोबार ४ करोड २४ लाख ५६ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सर्वाधिक कमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ३ दशमलव ८५ प्रतिशतले बढेको छ ।
साथै सर्वाधिक गुमाउनेमा समाता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ३८ प्रतिशतले घटेको छ । यस दिन ११ वटा उपपरिसुचकहरुमा ३ वटा समूह बढेको छ भने ८ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया