logo

हरि ढकालको नेतृत्वमा शेयर लगानीकर्ताहरुद्वारा नयाँ संगठन स्थापना

    1382   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार - यस अघि स्वतन्त्र लगानीकर्ता दवाब समूहको नाममा रिले तथा आमरण अनशन बसेर शेयर बजार सुधार र विस्तारको आन्दोलनमा सहभागि भएका शेयर लगानीकर्ताहरुले नयाँ संगठन स्थापना गरेका छन् । अनशनकारी हरि ढकालको नेतृत्वमा ’शेयर लगानीकर्ता दवाब समूह’ गठन भएको हो ।

शुक्रबार भृकुटीमण्डपमा भएको लगानीकर्ताहरुको भेलाले हरि ढकालको अध्यक्षतामा शेयर लगानीकर्ता दवाब समूह नामको संगठन दर्ता गर्ने निर्णय गरेको हो । १५ सदस्यीय दबाब समूहको वरिष्ठ सल्लाहकारमा अर्का अनशनकारी तिलक कोइराला रहेका छन् । 

यस्तै समूहको बरिष्ठ उपाध्यक्ष दिपेन्द्र अग्रवाल, उपाध्यक्ष त्रयमा गोपीकृष्ण थापा, शृष्मा ढुंगाना र देबेन्द्रनाथ शुक्ल (नेपालगंज), महासचिव नयन्द्र बास्तोला, सचिव गोपाल स्वामी, सहसचिव पुरुषोत्तम सापकोटा, कोषाध्यक्ष अप्सरा खनाल (बिराटनगर) रहेका छन् । त्यसैगरी कार्य समिति सदस्यहरुमा शुशील थपलिया, गोबिन्दप्रसाद पन्त, रामभक्त गिरी, गणेश उप्रेति, सुनील बस्नेत र दीपक पाण्डे रहेका छन् ।

भेलाले तिलक कोइराला प्रमुख सल्लाहकार रहेको सल्लाहकार समिति समेत गठन गरेको छ, जसमा पुजा भट्टराई, ओमप्रसाद लामिछाने, निरन्जनराज पाण्डे र नबराज उप्रेति सदस्य छन् । समूहले ६ महिनाभित्रमा साधारणसभा गरी निर्वाचनबाट कार्यसमिति चयन गर्ने समेत घोषणा गरेको छ । दबाब समूहले चाँडै नै पूँजी बजार सुधार र बिकासका बाँकी कामहरु कार्यान्वयन गराउन बिशेष कार्यक्रम ल्याउने भएको छ । 

समूहले पहिलो चरणको दबाब कार्यक्रममा सक्रिय सहभागिता जनाउने लगानीकर्ता, शेयर लगानीकर्ता संघ, नेपाल, पूँजी बजार संघ, ऐक्यबद्धता जनाउने राजनीतिक पार्टीहरु, संचारकर्मी लगायतलाई धन्यबाद र आभार पनि ब्यक्त गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।